• ११ साउन २०८२, आइतबार

‘ऐया नि हो’ मा मेनुका र आशान्तको अभिनय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ११ गते । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा  कलाकार मेनुका प्रधान र आशान्त शर्माको अभिनय देख्न सकिन्छ । गायिका सलिना बिकेको आवाज रहेको गीतमा नेवारी भाषाको र्‍यापमा कुन्दन शाक्यको स्वर रहेको छ ।

चलचित्रमा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मीरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पङ्गेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ । वेज प्रालि प्रस्तुति रहेको चलचित्रका निर्माता गोपिनी सेडाईं र कृष्णप्रसाद पङ्गेनी शर्मा हुनुहुन्छ भने सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पङ्गेनी शर्मा तथा युगविजय पङ्गेनी रहनुभएको छ । 

शरद महतोको छायाङ्कन रहेको चलचित्रमा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा रहेको छ । चलचित्र भदौ ६ गतेदेखि प्रदर्शनमा आउने छ ।