• ११ साउन २०८२, आइतबार

चौथो सिल्भर म्युजिक अवार्डद्वारा चौधरी सम्मानित

blog

‘चौथो सिल्भर म्युजिक अवार्ड’ सम्मानित हुनुहुँदै गायक रत्नदीप चौधरी ।

काठमाडौं, साउन ११ गते । ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ । 

प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ । 

सो अवार्डबाट गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको हो । 

आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।