• ११ साउन २०८२, आइतबार

प्रमुख प्रशिक्षक श्रेष्ठ र ब्रान्च चिफ देसार सम्मानित

blog

काठमाडौँ, साउन ११ गते । नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठ र नेपाल इन्टरनेसनल क्योकुसिनकाई  कराते एसोसिएसन (एफआइकेके) का  ब्रान्च चिफ केशव देसार सम्मानित हुनु भएको छ । 

आइतबार आयोजित चन्द्रागिरी इन्टरनेसनल कराते क्योकुसिनकाई एसोसिएसन डोजो उद्घाटन कार्यक्रममा उहाँहरू सम्मानित हुनु भएको हो । एफआइकेके’का केन्द्रीय अध्यक्ष रमेश पहरी र नेपाल फुल कन्ट्रयाक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सो ‘डाजो’ को उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा एफआइकेके का कोषाध्यक्ष शारदा थिङ्ग, सुनिल आचार्य, विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, सरिम दुधराज, राजकुमार नगरकोटीसहित  खेलाडीहरूकाे सहभागिता थियो ।

डोजोका प्रशिक्षक अभिषेक डङ्गोलले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।