लीलाराज खड्का
बिर्तामोड, साउन ११ गते। झापा गाउँपालिका-१, सानो माईखोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।
चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका-१, सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आइतबार बिहान सानो माईखोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
उनी साउन ७ गते घरमा पालेको सुँगुरका लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आइतबार बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए।
डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।