देउखुरी, मङ्सिर १८ गते । घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा प्याजको बेर्ना बिक्री गर्दै किसान । प्रतिमुठा रु. १०० देखि रु. १५० सम्ममा प्याजको बिरुवा बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः रासस
नुवाकोट, मङ्सिर १८ गते । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु. ६०० देखि रु. एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ । तस्बिरः रासस
दाङ, मङ्सिर १८ गते । दाङको घोराही क्षेत्रमा मङ्गलबार बिहान लागेको बाक्लाे हुस्सु । तस्बिरः रासस
दक्षिण पूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबिच आइतबार झडप हुँदा मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
दाङ, मङ्सिर १८ गते । दाङको घोराही उपमहानगरपालिका–१९ स्थित सैघाको राम्चेमा रहेको खानीभित्रको साँघुरो सुरुङबाट बोरामा भरेको काेइला निकाल्दै श्रमिक । तस्बिरः रासस
अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालित बाघखोर गाउँलाई नै घरबास गाउँका रूपमा घोषणा गरेपछि अध्ययन तथा अवलोकनको गन्तव्य स्थलका रूपमा विकास भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कञ्चनपुर, मङ्सिर १८ गते । कञ्चनपुरको पिपलाडीका किसान साेमबार बारीमा रोपेको काउली गोडमेल गर्दै । तस्बिरः रासस
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बाँध बाँधेर ताल बनाउने काम सुरु गरिएको छ ।
लमजुङ, मङ्सिर १८ गते । लमजुङको दोर्दी गाउँपालिका–५ , सिम्रुङमा रहेको घुम्ती भेडीगोठको भेडाको बथान । यहाँ साना ठूला गरेर ८०० भन्दा बढी भेडा छन् । तस्बिरः रासस
पुतलीबजार नगरपालिका–१३ र अर्जुनचौपारी गाउँपालिका–१ जोड्ने ठाडाखेतमा मोटरेबल पुल (मल्टिसेल बक्स कलभर्ट) निर्माण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्दा घोषणा गरेका कुनै पनि कार्यक्रम अगाडि नबढेकोमा निराशा व्यक्त गरेका छन् ।
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण पालिकाबाटै हुने भएको छ ।