हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ ।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो ।
दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१० नारायणपुरमा रा७प७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१ नम्वरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका –१९ कुटीचौर निवासी १९ बर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो ।
गोरखापत्रको बुहभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएका मञ्जु सापकोटालाई बिदाइ गरिएको छ । गोरखापत्र संस्थानमा सोमबार एक कार्यक्रम गरी उहाँको बिदाइ गरिएको हो ।
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक भएको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ आइपुग्नु भएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो ।
सिरियामा अमेरिका समर्थित कुर्द नेतृत्वको सेनाले अलेप्पो वरपरका कुर्दहरुलाई आफ्नो नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न खोजिरहेको बताएको छ ।
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका १२ को रिक्त वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा विजयी हुनुभएका अर्जुनप्रसाद तिवारीले शपथ लिनु भएको छ ।
मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् ।
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता रहेको छ ।