गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविले हात पारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनुभएको छ ।
प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो ।
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतरा सडक खण्डमा पर्ने बाघखोलाको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने बगुवा खोलामा पुल निर्माण गर्न थालिएको छ।
सरकारले नसर्ने रोग नियन्त्रण गर्न परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गर्नुभएको हो ।
त्रिवि क्रिकेट मैदानमा अहिले कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६ घारमा गाउँपालिकाको आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ । मङ्सिर २४ गते (डिसेम्वर ९ तारिख) मा नेपालगन्ज वाकाथन हुने भएको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।
अभियन्ता विष्णु तिवारीले आफ्नै रचना र गायनमा 'गैंडाकोटैमा' गीत सार्वजनिक गर्नुभएकाे छ ।
एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ ।
नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो ।
कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन भएपछि विमानस्थलमा उपस्थिति हुने पदाधिकारीको सङ्ख्या घटेको छ ।