• १७ मंसिर २०८१, सोमबार

राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १७ गते ।
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।

राप्ती राजमार्ग हरेक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन् ।

सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो । उहाँका अनुसार राप्ती राजमार्गको राम्री कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिए पनि बिरामी बोकेका एम्बुलेन्सलगायत चारपाङ्ग्रे साना गाडीहरु कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै सञ्चालन गर्न सकिनेछ ।