गोरखाको वारपाका सुलीकोट गाउँपालिकाभित्रका सबै वडामा व्यावसायिक कफी खेती सुरु गरिएको छ । पालिका भित्रका कफि खेती गर्न रुचाउने किसानहरुलाई कृषक समूह बनाई कफि खेती सुरु गरिएको वारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।
पछिल्लो समय लोकभजन लोप हुँदै गएको भन्दै त्यसको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरविद्यालय लोकभजन प्रतियोगिता गरिएको छ ।
झापाको कनकाई माई नदीको बहावमा बगाएर ल्याउँदै गरेको करिब एक लाख २० हजार मूल्य बराबरको साखुको काठ प्रहरीले बरामद गरेको छ ।
नेपालगन्जस्थित वेस्टर्न अस्पतालले विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुवात गरेको छ ।
आइतबार भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार ४१ स्थानमा सम्पन्न निर्वाचनमध्ये ३० स्थानको निर्वाचनको नतिजा आइसकेको छ भने बाँकी ११ पदको नतिजा आउन बाँकी छ ।
आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन नेतृत्वको टोली त्यता प्रस्थान गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा नं ४ मा राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार बानियाँले ७४२ मत प्राप्त गर्नुभएको छ ।
डुडुवा गाउँपालिका वडा –६ भंघोटनामा कोरी कल्याण समाज नेपालगञ्जको आयोजनामा आँखाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा इच्छाकुमार महर्जन विजयी हुनुभएको छ । नेपाली काँग्रेस उम्मेदवार महर्जनले नेकपा (एमाले)का उम्मेदवार हर्ष महर्जनलाई पछि पार्दै विजयी हुनुभएको हो ।
मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजलाई जितका लागि काठमाडौँ गुर्खाजले एक सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।
महोत्तरीको रामगोपालपुर २ मा वडाध्यक्ष पदमा एमाले उम्मेदवार सकिवुल खाँ विजयी हुनुभएको छ ।
‘घनघोर दुःखसागर संसार जान भाइ नगरे घमण्ड कहिले मर्नु छ हामीलाई’
यमराजलाई मृत्युका देवता भनिन्छ ।