• १७ मंसिर २०८१, सोमबार

निर्वाचनको मौका छोपी काठ तस्करी

blog

प्रहरीले बरामद गरेको सखुवाको काठ । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, मङ्सिर १७ गते । 
झापाको कनकाई माई नदीको बहावमा बगाएर ल्याउँदै गरेको करिब एक लाख २० हजार मूल्य बराबरको सखुवाको काठ प्रहरीले बरामद गरेको छ ।

आइतबार दिउँसो ४ः५० बजे शिवसताक्षी नगरपालिका १० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको करिब एक लाख २० हजार मूल्य बराबरको करिब ४० क्यु.फिट काठ प्रहरीले बरामद गरेको हो ।

अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारवाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठ ल्याउने समूह भने प्रहरीलाई देखेर भागेको बताइएको छ । कनकाई नदीको बहावमा बगाएर यस क्षेत्रबाट लामो समयदेखि काठ चोरी पैठारी हुँदै आइरहेको छ ।