उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शुभारम्भ गर्नुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ ।
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ ।
कर्णालीका तीन जिल्ला मुगु, हुम्ला र जुम्लाको लागि कालिकोट जिल्लाको नाग्मस्थित विद्युत उत्पादनका लागि विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउबिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो ।
बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनुभएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रको विकास र उत्थानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि सहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।
मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँस खोलाको पुल तेस्रो पटक थपिएको समयमा पनि नबन्ला कि भन्ने चिन्ता थपिएको छ ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ ।