• २१ पुस २०८१, आइतबार

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा बिजयी

blog

नवनिर्वाचित एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा मगर शेर्पा । तस्विरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट मंसिर १७ गते । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको  मत परिणामअनुसार  माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय  मत प्राप्त गर्नुभएको छ।। यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७२७ मत पाउनुभएको छ ।

यस्तै, रास्वपाकी उमा श्रेष्ठको १००, नेकपा एसकी रविना खड्काको ९० मत, राप्रपाको मनुकुमारी श्रेष्ठको ११८ मत आएको छ । गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका थिए । गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन भएको हो ।