• २२ पुस २०८२, मङ्गलबार

नवलपुरबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाबाट १० जना उम्मेदवार सिफारिस

blog

बोमलाल गिरी
नवलपुर, पुस २१ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नवलपुरका दुई निर्वाचन क्षेत्रबाट १० जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

विभिन्न घटकहरु मिलेर बनेको नेकपाले साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चिरन पुनको नेपाल कम्युनिष्ट पार्टीलाई समेट्दै १० जनाको नाम सिफारिस गरेको नेकपाका महाधिवेशन आयोजक समिति सदस्य एवं साविक नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

नेकपाको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ बाट खस आर्य कोटामा लोकप्रसाद भुर्तेल र तुलसीराम भुसाल, अल्पसङ्ख्याबाट रमिला भुजेल, जेनजीबाट अनु न्यौपाने र युवाबाट भुवन पौडेललाई सिफारिस गरेको सापकोटाले बताउनुभयो ।  

त्यस्तै, क्षेत्र नं. २ बाट थारु समुदायबाट गणेशमान महतो, खस आर्यबाट दुर्गादत्त भण्डारी र ताराप्रसाद भुसाल, महिलाबाट सरला खनाल र युवाबाट खेमराज पोख्रेल सिफारिस हुनु भएको छ । नेकपाले उम्मेदवार सिफारिस गर्दा समावेशी क्लसटर मिलाएर पठाउन भनेकाले सोही अनुसार गरिएको सापकोटाले बताउनुभयो ।  अब उक्त नामलाई महाधिवेश आयोजक कमिटीले अन्तिम रुप दिनेछ ।