कपिलवस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरूले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
पुँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो ।
प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका–३ गनवरियास्थित सडकमा लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीया किसलावती ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिकाले निःशुल्क रूपमा प्राविधिक शिक्षा पढाउने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा तर्फको आकर्षणलाई मध्यनजर गर्दै जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा पढाउने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।
भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ ।
कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाएपछि सदन नियमित हुन सकेको छैन ।
सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो ।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गर्नुभएको हो ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अंश र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाँकेका प्रमुख नेताहरूले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जिल्लाका समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ ।