मञ्च अन्धकार छ । पर्दा बन्द । नेपथ्यबाट मोटरगाडीको बाक्लो आवाज सुनिन्छ ।
जनकपुरधाममा बुधबार विवाह पञ्चमी महोत्सवअन्तर्गतको तिलकोत्सव विधिको आयोजना हुने भएको छ । प्राचीनकालमा राजा जनकले अयोध्याबाट आएका राम र उनका परिवारका सदस्यहरूलाई सम्मानपूर्वक स्वागत गर्दै साताव्यापी विवाह महोत्सवको चौथो दिन आज तिलकोत्सव समारोह हुन थालेको हो ।
राणाकालमा कमारा प्रथा थियो । यसलाई दास प्रथा पनि भनिन्छ ।
नेकपा (माओवादी केन्द्र)को प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अस्ट्रेलिया शाखाले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
“हजुरआमा !” दोर्जे चिच्यायो । “के भयो दोर्जे ? किन यसरी बोलाएको ?”
सुदूरपश्चिममा उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार रहनुभएको थियो ।
भाइबहिनीहरूले बौद्ध धर्मावलम्बीको मठ, गुम्बा, चैत्य आदि ठाउँमा जाँदा रङ्गीबिरङ्गी कपडा झुन्ड्याइएको पक्कै देख्नुभएको होला ।
भीरकोट नगरपालिका वडा नं ६ सिमलचौर र एकुवारमा भूमिगत सिँचाइ योजना निर्माण गरिएको छ । यहाँ नयाँ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली पहिलो पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निर्माण गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३, मिर्मीको नगर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दुधमती नदीको अतिक्रमण तत्काल हटाउने बताउनुभएको छ । मुख्यमन्त्री सिंहको अध्यक्षतामा मङ्गलबार जनकपुरधाममा बसेको उच्चस्तरीय समितिको बैठकले दुधमतीको प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन तथा नक्साङ्कन गरी तत्काल उत्खनन कार्य सुरु गर्ने निर्णय गरेको बताउनुभएको हो ।
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम सुरु गरे पनि सडक खन्ने काम भने अझै दुई महिना ढिलो हुने भएको छ ।
निर्वाचन प्रणालीमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता हुनुपर्ने सरोकारवालाले औँल्याएका छन् ।
लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौटाबाट सात ग्राम लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।