• १६ असार २०८१, आइतबार

एसइईको नतिजा आज प्रकाशन हुँदै

blog

काठमाडौँ, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

यो पनि पढ्नुहोस

एसइई नतिजा बिहीबार बिहान सार्वजनिक हुने

एसइईको नतिजा यसरी हेर्न सकिन्छ