गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले साबिक विजेता रियल म्याड्रिडलाई ३–१ गोलले हरायो ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आज (सोमबार) आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । स्वास्थ्य कार्यालय बाँके आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।
पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।
आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उड्नुभएको थियो ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने भएको छ ।
हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् ।
नागरिक उन्मुक्ती पार्टी सुदूरपश्चिम प्रदेशमा गठवन्धनमै बस्ने भएको छ । तर सरकारमा भने सामेल नहुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक मङ्गलवार सम्मका लागि स्थगित भएको छ । आज [सोमबार] राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबस्ने भएको हो ।
पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिनुभयो ।