• ११ मंसिर २०८१, मङ्गलबार

नागरिक उन्मुक्तिले गठबन्धन नछोड्ने सरकारमा भने नजाने

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ २ गते । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा गठबन्धनमै बस्ने भएको छ । तर सरकारमा भने सामेल नहुने भएको छ । उक्त पार्टीका नेता लक्ष्मण चौधरीले गठबन्धन नछोड्ने तर सरकारमा नजाने र उपसभामुख पद पनि नलिने बताउनुभयो ।

उहाँले उपसभामुख कसलाई बनाउनु हुन्छ निर्णय गर्नुस् भनेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई भनी सकेको बताउनुभयो । हामीले सभामुख र उपसभामुखमा सत्तारुढ पक्षकै उम्मेदवारलाई सघाउँछौ चौधरीले भन्नुभयो ।

नागरिक उन्मुक्ति तटस्थ बसकोले सत्ता पक्षका माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी दुई पटक चुनाव हुँदा पनि ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ मत नपाएर चुनिन सक्नु भएको छैन । उहाँले पुस २८ गतेको पहिलो चुनावमा २६ र पुस ३० गतेको दोस्रो चुनावमा २२ मत पाउनु भएको थियो । सत्ता पक्षसँग माओवादीका ११, एमालेका १०, उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ मत छन् ।

यस्तै गरेर विपक्षी गठबन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले पहिलो चुनावमा २३ र दोस्रोमा २२ मत पाउनु भएको थियो । उहाँले पहिलो चुनावमा नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाउनु भएको थियो । भने सभामुखको भूमिकामा रहनु भएका शिवराज भट्टले भने मतदान गर्नु भएन । कांग्रेसकी सरस्वती खड्का अनुपस्थित हुनुभयाे ।