नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापित भएकालाई खानेपानीको समस्या भएको छ । २०७२ सालको भूकम्पले जमिन चिराचिरा परेपछि खानेपानीको मुहान सुकेको छ ।
गुल्मीमा गत वर्षभन्दा यस वर्ष झन्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदा यो वर्ष छ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको दमक–६ स्थित मुख्य बजारमा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले घटनाको विषयमा सूक्ष्म छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ ।
सप्तरीको महादेवा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता गराउन सेवाग्राहीले सास्ती खेप्नु परेको छ । पालिका कर्मचारीको अदक्ष
तोखा नगरपालिका १ र ६ मा पर्ने श्रीकृष्ण बरुणेश्वर महादेवको ऐतिहासिक मन्दिरमा भक्तजनको घुँइचो लाग्नेगरेको छ । मन्दिरमा खासगरी आन्तरिक पर्यटक तथा भक्तजनको बढी भीड लाग्नेगरेको मन्दिरका पूजारी राजु काफ्लेले बताउनुभयो ।
गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो । थापालाई सत्ता साझेदारका सांसदहरुको समर्थन थियो ।
कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय (१२००) मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो ।
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती यसअघि नै निर्विरोध भइसक्नु भएको छ ।
भारतको महाराष्ट्रको आलिबागमा बस्ने कैलालीको लम्कीचुहा नगरपालिका ‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उहाँका साथीहरु मिलेर हत्या गरेको खुलेको छ ।
बागमती प्रदेशको प्रदेश उपसभामुखका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का प्रदेश सभाका सदस्य अप्सरा चापागाईँ खत्री निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिएर नेतृत्व हस्तान्तरणमा विद्यार्थीले ध्यान दिनुपर्ने बताउनुभएको छ । सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।
विदेशी नागरिक, चालक दलका सदस्यको शव ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको छ । यति एयरलाइन्सले सूचना निकाल्दै विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको जानकारी दिएको छ ।
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित सहभागी हुनुभएको छ ।
कीर्तिपुरका पूर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उक्त जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाईनल स्थान सुरक्षित गर्न सफल भयो ।