• १२ साउन २०८१, शनिबार

कुलो निर्माण गरेर झरनाको पानी सदुपयोग

blog

पचाल झरनाको पानीका लागि स्थानीयले कुलो बनाएर खेतमा लगेपछि सिंचाइँमा सुविधा भएको छ । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, माघ २ गते । कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय (१२००) मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो ।

अनुकुलन कोषको ७२ लाख लगानीमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ बिश्व खाद्य कार्यक्रमको कार्यन्वयनमा कुलो निर्माण भएको उपभोक्ताको भनाइ छ । बयाल झरनादेखि भिटा जिउला कुलो निर्माण समितिका अध्यक्ष पुर्णवहादुर शाहीले एक हजार मिटर कुलो पक्की भएको बताउनुभयो । 

उहाँका अनुसार दुई सय मिटर कुलो कच्ची निर्माण भएपछि खेतमा पानी पुगेको बताउनुभयो । सिंचाइँ अभावले पलाँता क्षेत्रका रुपमा परिचित भिटा, गोठीजिउला अब सिन्चित हुन थालेको अध्यक्ष शाहीले सुनाउनुभयो । अध्यक्ष शाहीले नेपालको कर्णाली क्षेत्रमा खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्वन्धी क्याफ्स कर्णाली परियोजनाले उत्पादनमा सहयोग पुगेको बताउनुभयो । 

२०७८ साल बैशाखमा निमार्ण कार्य सुरु भएको कुलो २०७८ साल फागुन महिनामा सम्पन्न भएको थियो । जम्मा ११ महिनामा एक हजार दुई सय मिटर कुलो निर्माण हुँदा भिटाजिउलो सिन्चीत हुन थालेको छ । वडा ८ का वडा अध्यक्ष जयराम टमट्टाले भिटा जिउलोका लागि कुलो निर्माण हुँदा सहज भएको बताउनुभयो ।

कुलोमा निरन्तर पानी आउने भएपछि कृषकलाई तरकारी खेती गर्न सहज भएको स्थानीय कृषकले बताउनुभयो । भिटा गाउँका परेग शाहीले मङ्सिर यता हरियो तरकारी नदेखिने आफ्नो गाउँमा आजभोलि हरियो तरकारी भाजी, मुला, पालङगो लगायतका सागपात पाइने सुनाउनुभयो ।