प्रदेश–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा मंगलबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।
नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण लिएलगत्तै परराष्ट्र मन्त्री पौड्यालले आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पाल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –६, पटुवाचउर बस्ने ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारु क्याबिनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्दै गर्नुहुँदा नेपाली कांग्रेस बागमती प्रदेशले विश्वासको मत दिन निर्देशन दिएको छ ।
आज (मङ्गलबार) मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।
बागमती प्रदेशको प्रदेश उपसभामुख अप्सरा चापागाईँ खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो ।
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनु भएको छ ।
यही माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
गोरखापत्र अनलाइन काठमाडौं, माघ ३ गते । मन्त्रिपरिषद विस्तारलगत्तै आज मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल तथा आफूलाई संसदमा विश्वासको मत दिने दलका नेताहरुसँग साँझ ४ बजे बालुवाटारमा छलफल गर्नुहुने भएको छ ।
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका ७० जना मध्ये तीन जनाको पोस्टमार्टम सकिएको छ । बाँकी ६७ जनाको पोस्टमार्टम सुरु गरिएको जनाएको छ ।
मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।