• १३ असोज २०८१, आइतबार

पोखरा विमान दुर्घटना: तीन जनाको पोस्टमार्टम सकियो, बेपत्ता दुईको खोजी जारी

blog

जहाज दुर्घटनामा मृत्यु भएका आफन्तहरु शव लिन अस्पताल परिसरमा । तस्बिरः रमेश पौडेल

रमेश पौडेल

कास्की, माघ ३ गते । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका ७० जनामध्ये तीन जनाको पोस्टमार्टम सकिएको छ । बाँकी ६७ जनाको पोस्टमार्टम सुरु गरिएको जनाएको छ ।

६७ जनामध्ये ४९ जनालाई काठमाडौँमा ल्याएर पोस्टमार्टम गरिने भएको छ भने बाँकी १८ जनाको पोखरामै पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

बेपत्ता रहेका दुई जनाको खोजी जारी राखिएको नेपाली सेनाले जनाएको छ ।