चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १९ गते । गोधुली फुटबल क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै सुनसरी धरानको गोधुली फुटबल क्लब फाइनल पुगेको हो । निर्धारित समयावधिमा समान ४–४ गोल बराबरी भएपछि खेल प्यानल्टी सुटआउटमा धकेलिएको थियो ।
प्यानल्टी सुटआउट (ट्राइबेकर) मा तेह्रथुमलाई पराजित गर्दै धरान फाइनलमा पुग्न सफल भएको हो । बिहीबार न्यु स्टार क्लब बिर्तामोड झापा र रेड डेभिल्स माइजोगमाई इलामले प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल खेल्ने छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजक चासोक तङ्नाम सञ्चालन समितिले जनाएको छ ।
लिम्बू जातिको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ पुरस्कार प्राप्त गर्ने समिति संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो ।