• २० मंसिर २०८१, बिहिबार

थारु सांस्कृतिक महोत्सव सुरु

blog

महोत्सवको उद्घाटन गर्नुहुँदै उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले उद्घाटन गर्नुहुँदै। तस्बिर : चाँदनी आचार्य

चाँदनी अचार्य

घोडाघोडी (कैलाली) मङ्सिर १९ गते। कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ। मङ्सिर २१ गते विवाह पञ्चमीका दिन हुने लवाङ्गी पूजालाई भव्य र थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो। महोत्सवको उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले बुधबार उद्घाटन गर्नुभयो। 

घोडाघोडी नामले थारु समुदायको मौलिकता माथि प्रहार भएको उल्लेख गर्दै आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। पर्यटनको दिगोरुपमा विकास गर्नका लागि पर्यटनमैत्री संरचना बनाउनुपर्नेमा जोड दिनुभयो। 

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री प्रकाश बम्, प्रदेश सभा सदस्य खुशीराम चौधरी, थारु कल्याणकारी कैलालीका वीरबहादुर चौधरी, नगर उपप्रमुख गुलियाकुमारी चौधरी लगायत ८२ गाउँका भल्मन्सा, चिराकी लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रम नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको छ।