• २४ चैत २०८२, मङ्गलबार

भोला पाठकको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय

blog

काठमाडौँ, मङ्सिर १९ गते। गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भोलानाथ पाठकको शब्द रहेको गीत  ‘मस्त जवानी’मा मनोहर  सुनामको एरेन्ज तथा संगीत छ। गीतकार भोलानाथ भिडियोका निर्मातासमेत हुनुहुन्छ। 

भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गर्नुभएको हो।  भिडियोमा मोडल बिजु पार्की र उषा उप्रेतीको अभियन देख्न सकिन्छ। 

छमछम नचाउने शैलीमा तयार गरिएको गीतको भिडियोको छायांकन उत्सव दाहालले गर्नुभएको हो। सम्पादनमा मिन रावलको मेहनत देख्न सकिन्छ। राहुल बराइलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।