मध्यपूर्वको गहिरो सङ्कट

इजरायल र हमासबीचको जारी युद्धले मध्यपूर्वको शान्ति प्रक्रिया गम्भीर सङ्कटमा परेको छ । यो युद्ध लम्बिँदै जाँदा क्षेत्रीय युद्ध हुने खतरासमेत बढेको छ । प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकुको आक्रमणमा करिब १२ सय इजरायली मारिएपछि इजरायल हमास समाप्त पार्न युद्धमा होमिएको छ ।