रहस्यमय अङ्गच्छेदन

शताब्दीयौँदेखि गाईबस्तुको रहस्यमय अङ्गच्छेदनको घटना भइरहेका छन् । आमसिकारीदेखि अज्ञात उडनतस्तरी यी घटनाका जिम्मेवार रहेको व्याख्या हुने गरेको छ । वास्तविकता के हो ? मुर्दा गाईबस्तुको अवस्था देखेर तिनका पालक स्तब्ध हुन्थे । पशुका आँखा, कान, पेट, मलद्वार, यौन अङ्ग र जिब्रो चतु¥याइँपूर्वक काटिएको देख्दा यस्तो लाग्थ्यो धारिलो र सफा उपकरणले तिनलाई काटिएको हो । मरेका गाईबस्तुको शरीरमा रगतको थोपा हुँदैनथ्यो । घटनास्थलमा न त कसैको पदचिह्न देखिन्थ्यो न त त्यहाँ मौकाको फाइदा उठाउने मुर्दाखोर नै फेला पर्दथे ।