इन्टरनेटको पुस्ता : नेपालमा ९१ प्रतिशत नागरिक इन्टरनेटकाे पहुँचमा
जसरी स्नायुकोषले दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुका रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्न पुग्छ ।