दिगो विकासका लक्ष्य

पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।