पहिचानको खोजीमा नटुवा

नटुवा जातिको छोटो र स्पष्ट परिचय दिन केही समस्या छन्। यो जातिलाई नट, नटुवा, नेटुवा, नेटु पनि भनिन्छ। यो जातिका वयस्क सदस्यले साहु महाजनको घरमा मर्दापर्दा गीत गाउने, नाचगान देखाउने, कला प्रदर्शन गर्ने भएकाले ‘नचुवा’ जाति भन्दै गर्दा अपभ्रंश भएर नटुवा भएको विचार पनि कतिपयले व्यक्त गरेका छन्। नेपालका आधिकारिक कागजातमा भने यस जातिलाई नटुवा भनिएको छ। राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा भनी उल्लेख गरिएको छ।