शीतयुद्धको उपज ‘आइरन कर्टेन’

आइरन कर्टेन’ एक यस्तो अवैध वैचारिक बाध थियो जसले एक समय युरोपलाई पुँजीवादी र वामपन्थी समूहमा विभाजित गरिदिएको थियो । द्वितीय विश्वयुद्धको समापनसँगै सन् १९४५ मा यसको उत्पत्ति भयो र शीतयुद्ध जारी रहुँञ्जेल सन् १९८९–१९९० सम्म यो अस्तित्वमा रह्यो । युनियन अफ सोभियत सोसिलिस्ट रिपब्लिक (युएसएसआर) ले आफूलाई पश्चिमा राष्ट्रहरू, तिनका सहयोगी तथा अन्य गैरवामपन्थी राष्ट्रसँग खुला सम्बन्ध स्थापित गरेर पराश्रित ‘स्याटेलाइट स्टेट’ अर्थात् अन्य देशको नियन्त्रण भएको राज्यका रूपमा नरहने गरी निरपेक्ष राख्ने विचार र प्रयासको प्रतीक हो यो पारिभाषिक शब्द ।