हिटलरको लुप्त धन
हिटलरलाई धन प्रिय थियो, त्यसले प्राप्त हुने विलासिता र निष्ठा दुवैका लागि धन आवश्यक थियो र उनले अकुत धन जम्मा गरेका थिए । सोभियत सङ्घको सेना घेर्दै नजिक आइसकेको अवस्थामा सन् १९४५ अप्रिल ३० मा बर्लिनमा रहेको आफ्नो ‘बङ्कर’ मा आत्महत्या गरेका हिटलरका बारेमा नै बढी चर्चा गरियो तर उनको आर्थिक कारोबारको कहीँकतै गाइँगुइँ पनि भएन । जर्मनीको एउटा टेलिभिजन च्यानलले हालसालै तयार पारेको एउटा वृत्तचित्रमा हिटलरको धनका बारेमा धेरै कुरा बताइएको छ ।