मुगुका मुगाली
कर्णाली अञ्चलको मुगु जिल्लाका केही स्थानमा बाक्लो बसोबास रहेकाले यिनीहरूलाई मुगाली भनिएको हुन सक्छ । जिल्लास्थित मुगुकरण/मुगुकरन भन्ने स्थानमा यिनीहरूको बाक्लो बसोबास रहेकाले पनि यिनीहरू मुगाली कहलाएका हुन सक्छन् । अर्कोतर मुगालीको बसोबास रहेको क्षेत्र मुगालबाट मुगुको नामकरण भएको पनि हुन सक्छ । नेपालमा कतिपय स्थानको नाम जाति, थर वा पद विशेषले रहेका छन् भने कतिपय जातिको नाम, थर, स्थान विशेषले रहेका अनेकौँ प्रमाण भेटिन्छन् । मुगालीलाई मुगाल वा मुगुम पनि भनिन्छ । उनीहरू आफूलाई मुकुम्पा वा मुकुम भन्छन् ।