असाधारण कोयन

दुई छोराछोरीकी आमा नेदरल्यान्ड्सकी एथलेटिक्स खेलाडी फनी ब्ल्याङ्कर्स कोयनलाई ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्ने असाधारण खेलाडीका रूपमा चिनिन्छ । कोयनले सन् १९४८ को लन्डन ओलम्पिकमा १०० मिटर, २०० मिटर, ८० मिटर बाधा दौड (हर्डल्स) र ४ गुणा १०० मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन् । उनीभन्दा अगाडि र त्यसपछि एउटै ओलम्पिकमा एथलेटिक्सका चार विधामा स्वर्ण पदक जित्ने खेलाडी कोही पनि छैन । तसर्थ सन् १९४८ को लन्डन ओलम्पिक कोयनको असाधारण सफलताले चिनिन्छ ।