• २२ साउन २०८१, मङ्गलबार

ओलम्पिकमा प्रविधिको प्रयोग

blog

अन्तर्राष्ट्रिय खेलको महामञ्च सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक नजिकिँदै गर्दा खेलाडीहरू मात्र नभई प्रत्येक पटक दर्शकलाई प्रविधिका नयाँ आविष्कारले ध्यान आकर्षित गर्ने गरेका छन् । 

ओलम्पिक खेलमा खेलाडीको कार्यकुशलता प्रदर्शन मात्र नभई नतिजाको शुद्धता र दर्शकको अनुभवलाई समेत प्रविधिले अझ यादगार र रोमाञ्चक बनाउँदै आएको छ । अहिले विश्व पेरिस– २०२४ ओलम्पिकको तयारी गर्दै छ । 

सुरुवातका दिनमा ‘म्यानुअल’ समय मापन र साधारण उपकरणबाट आजको अत्याधुनिक युगसम्म आइपुग्दा प्रविधिले ओलम्पिकको विकास, विस्तार र प्रचारमा महत्वपूर्ण भूमिका खेलेको छ । खेलाडीको प्रदर्शनमा सुधार गर्न, नतिजाको शुद्धता सुनिश्चित गर्न र दर्शकको अनुभवलाई थप उचाइँमा पु¥याउन नवीन प्रविधिको प्रयोग अग्रस्थानमा रहँदै आएको छ । 

क) प्रारम्भिक आविष्कार (सन् १८९६–१९४८)

पहिलो आधुनिक ओलम्पिक (सन् १८९६)

एथेन्समा भएको पहिलो आधुनिक ओलम्पिक खेलमा मान्छेले आफैँ समय टिपोट (म्यानुअल टाइम किपिङ) गर्नुपथ्र्यो । साधारण उपकरण मात्र प्रयोग भएको थियो । त्यतिबेला स्टपवाच प्रविधि निकै प्रारम्भिक चरणमा थियो । त्यसैले ओलम्पिकका नतिजालाई ‘म्यानुअल रेकर्ड’ गरिन्थ्यो । 

फोटो फिनिस प्रविधि (सन् १९३२)

सन् १९३२ मा भएको लसएन्जलस ओलम्पिकमा पहिलो पटक फोटो फिनिस क्यामराको प्रयोग गरिएको थियो । दौड प्रतियोगितामा प्रतियोगी यति नजिक हुन्छन् कि विजेताको निर्णय गर्न कठिन हुन जान्छ । त्यसैले फिनिस (अन्तिम) लाइन पार गर्ने क्रममा उनीहरूको तस्बिर जाँच गर्नु पर्छ । यो प्रविधि दौडको नतिजामा शुद्धता ल्याउन सहयोगी हुन्छ । लसएन्जलसमा सन् १९३२ मा आयोजित ओलम्पिकमा यो प्रविधि पहिलो पटक प्रयोगमा आएको थियो ।  

इलेक्ट्रोनिक टाइमिङ (सन् १९४८)

सन् १९४८ मा भएको लन्डन ओलम्पिकका ट्र्याक इभेन्टमा इलेक्ट्रोनिक टाइमिङको सुरुवात भयो । स्विस कम्पनी ओमेगाले एथलेटिक प्रतियोगितामा समयको सटिकता मापनका लागि नयाँ मानक राख्दै सेकेन्डको सबैभन्दा नजिकको सयौँ भागमा समय मापन गर्न सक्ने उपकरण प्रयोगमा ल्याएको थियो । 

ख) प्रविधिको उन्नति (सन् १९६०–२०००) 

टेलिभिजन ओलम्पिक (सन् १९६०)

पहिलो पटक सन् १९६० मा भएको रोम ओलम्पिकको प्रत्यक्ष प्रसारण (लाइभ) टेलिभिजनमा देखाइएको थियो । यो ओलम्पिकका खेल संसारभर टेलिभिजन प्रत्यक्ष प्रसारणमार्फत घर घरमा पु¥याइयो । यस प्राविधिक फड्कोले ओलम्पिकलाई विश्वव्यापी दर्शकमाझ थप पहुँच योग्य बनायो । यसले गर्दा ओलम्पिक खेलको लोकप्रियता र पहुँच निकै बढ्यो ।

इलेक्ट्रोनिक टचप्याड र उच्च समस्थलीको खेल (सन् १९६८)

सन् १९६८ मा भएको मेक्सिको सिटी ओलम्पिकमा पौडी प्रतियोगितामा पहिलो पटक इलेक्ट्रोनिक टचप्याडको प्रयोग गरियो । जसको प्रयोगले नतिजा सटिक र निष्पक्ष बनाउन धेरै सहयोग पुग्यो । साथै यसअघि उच्च समस्थलीका खेल निकै चुनौतीपूर्ण मानिन्थे । यस ओलम्पिकले यस्ता चुनौतीलाई परास्त ग¥यो । 

प्रायोजनको युग (सन् १९८४)

सन् १९८४ मा भएको लसएन्जलस ओलम्पिकमा व्यावसायिक प्रायोजनका साथै उन्नत प्रसारण प्रविधिको व्यापक प्रयोग भयो । यसले गर्दा खेलमा ठूलो मात्रामा आर्थिक लगानीको सुरुवात भएको थियो । जसबाट खेलाडीका लागि राम्रो प्रशिक्षण सुविधाका साथै उपकरणको विकास गर्न सहयोग पुग्न गयो । यसले खेलाडीका लागि राम्रो तालिम सुविधा र उपकरणको विकासमा ठूलो लगानी जुटेको थियो ।  

डिजिटल क्रान्ति (सन् १९९६)

सन् १९९६ मा भएको एटलान्टा ओलम्पिकलाई ‘प्रविधि खेल’ भनेर चिनिन्छ ।  यस बेला इन्टरनेटको प्रयोगले वास्तविक समय अपडेट, डिजिटल इमेजिङ र उन्नत स्कोरिङ सिस्टमलगायतका कुरा सम्भव भयो । यस ओलम्पिकमा पहिलो पटक जम्न्यास्टिक खेलमा तत्काल रिप्ले गर्न सफल प्रयोग गरियो । यस प्रविधिको प्रयोगले खेलको निर्णयमा शुद्धता र प्रभावकारिता बढायो ।

ग) २००० देखि अहिलेसम्म 

प्रविधि प्रदर्शन (सन् २००८)

सन् २००८ मा भएको बेइजिङ ओलम्पिकले प्रविधि आविष्कारका लागि नयाँ मानक स्थापित ग¥यो । यस ओलम्पिकमा उच्च गुणस्तरीय प्रसारण, उन्नत टाइमिङ सिस्टम र डिजिटल मिडियाको व्यापक प्रयोगबाट दर्शकमाझ खेलको अनुभव परिवर्तन गरेको थियो ।   

पहिरनयोग्य (वियरेबल) प्रविधि (सन् २०१२)

सन् २९१२ मा भएको लन्डन ओलम्पिक वियरेबल प्रविधिको व्यापक प्रयोगका लागि प्रसिद्ध छ । यस ओलम्पिकमा पहिलो पटक खेलाडीले वियरेबल उपकरणको प्रयोग गरे । जसले गर्दा खेलाडीको हृदयको गति, अधिक सटिक प्रशिक्षण र प्रदर्शनको विश्लेषणलगायतका तथ्यलाई अनुगमन गर्न सहज भयो । 

हरित पहल (सन् २०१६)

सन् २०१६ मा भएको रियो ओलम्पिक पर्यावरणमैत्री प्रविधि र अभ्यास समावेश गर्दै दिगोपनमा केन्द्रित रह्यो । यसमा नवीकरणीय ऊर्जाका स्रोतहरू, पानी पुनः प्रयोग प्रणाली र हरित निर्माण प्रविधिलाई प्राथमिकता दिइयो । यसका साथै प्रसारण प्रविधिमा विस्तार, भर्चुअल रियालिटी (भिआर) अनुभवका साथै खेल प्रशंसकलाई खेलसँग प्रत्यक्ष संलग्न हुने नयाँ तरिका प्रदान ग¥यो । 

चुनौतीबीच प्रविधिको विजय (सन् २०२०)

कोभिड–१९ सर्वमहामारीका कारण सन् २०२० को भएको टोकियो ओलम्पिकमा नवीन प्रविधिको प्रयोग भयो । यस ओलम्पिकमा प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने खेल पारखीलाई भर्चुअल रियालिटी, अगुमेन्टेट रियालिटी, एआई र रोबोटिक्सले खेलमा नयाँपनको अनुभव प्रदान ग¥यो ।

पेरिस ओलम्पिकमा प्रविधि

हामी २०२४ को पेरिस ओलम्पिकको नजिक पुगेको अवस्थामा विश्वमा उन्नत प्रविधिको विकास र प्रयोग जारी रहेको छ । यस ओलम्पिकमा स्मार्ट स्टेडियम, दिगो पूर्वाधारदेखि एआई निर्देशित विश्लेषणका साथै अद्वितीय खेलले नयाँ अनुभव दिने छ । 

ओलम्पिक खेलले समयसँगै प्रगति गरिरहेको छ । विगतदेखि अहिलेसम्म आइपुग्दा ओलम्पिकले नयाँ प्रविधिलाई आत्मसात् गर्दै आएको छ । खेलाडीमा उपलब्धि र प्रतिस्पर्धाको भावना जगाउँदै गर्दा प्रविधिको गहिरो प्रभावलाई सम्झनुपर्ने हुन्छ । जसले ओलम्पिकको इतिहास र भविष्यलाई आकार दिएको छ ।