शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शङ्कर केसी
सल्यान, मङ्सिर १२ गते । सल्यानमा विद्यार्थी सवार शैक्षिक भ्रमणको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको ननगाड कुपिण्डे नगरपालिका–८ आगानेटा नजिकै शुक्रबार दिउँसो शैक्षिक भ्रमणमा गएका विद्यार्थीसहितको जिप दुर्घटना हुँदा जिपमा सवार २० मध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बनगाड कुपिण्डे–१२ मा रहेको गोब्राही आधारभूत विद्यालय बिरमखोलाका विद्यार्थी भ्रमणका लागि कुपिण्डे दहतर्फ आउँदै गर्दा रा १ ज ८७१ नम्बरको जिप अनियन्त्रित भएर सडकमा पल्टिँदा विद्यार्थी, अभिभावक एवं शिक्षक घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका जिप चालक कालिमाटी गाउँपालिका–३ सल्यानका २९ वर्षीय प्रकाश घर्तीलाई अस्थायी प्रहरी पोस्ट बाबियाचौरले नियन्त्रणमा लिएको छ ।