खुल्यो मोनालिसाको रहस्य
मोनालिसा विश्वकै प्रसिद्ध चित्रकला हो । यो चित्र कहाँ बनाइएको थियो भन्ने विषय लामो समयसम्म रहस्यमा रह्यो । पाँच सय वर्षपछि यसको रहस्योद्घाटन भएको छ । कलाकार लिओनार्दो दा भिन्चीले बनाएको यो चित्र मोनालिसाको रहस्यमय मुस्कानका लागि परिचित छ । भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले यो चित्र कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी छन् । चित्रमा अङ्कित भूदृश्य चिन्न उनले आफ्नो विशेषज्ञता प्रयोग गरेकी छन् । चित्रमा चौधौँ