सर्वाधिक मोटे मिनेख

विश्वमा सबैभन्दा गह्रौँ मानिसको कीर्तिमान जोन ब्रावर मिनेखको नाममा छ । अमेरिकाका मिनेखको तौल छ सय ३५ किलोसम्म पुगेको थियो । सन् १९७८ मार्चमा मिनेखलाई गाडीमा राखेर सियाटलको युनिभर्सिटी अफ वासिङ्टन मेडिकल सेन्टर लैजाँदा १२ जनाभन्दा बढी दमकलकर्मी आवश्यक प¥यो । त्यस सेन्टरमा चिकित्सकले मिनेखको जाँच गर्दा उनको शरीरका तन्तुमा धेरै नै तरल पदार्थ जम्मा भएर तौल बढेको पत्ता लगाएका थिए । अस्पताल बसाइ अवधिमा चिकित्सकले दैनिक १२ सय क्यालोरी आहारा मात्र उनलाई खान दिएका थिए । त्यहाँ दुई वर्षको अवधिमा मिनेखको तौल चार सय १० किलो घट्यो । शरीरको धेरै तौल घट्नमा