• १० जेठ २०८१, बिहिबार

दसैँमा गरम मसला

blog

मांसाहारी मानिसलाई दसैँको छुट्टै महत्व पनि रहन्छ । मासुका थरीथरीको परिकार बनाएर परिवारका साथ बसेर खानुको मज्जा छुट्टै हुन्छ । मासुका परिकार बनाउँदा ‘गरम मसला’ चाहिन्छ नै । मात्रा मिलाएर उपयोग गर्न सके शाकाहारी परिकारमा पनि गरम मसलाको सुगन्ध र स्वाद बढाउन सकिन्छ । 

‘गरम मसला’ बिना दसैँको मासु अनिलो लाग्छ । दसैँमा प्रायः सबैले ‘गरम मसला’ किन्ने गरेका हुन्छन् । गाउँ होस् या सहर दसैँमा ‘गरम मसला’ ले धेरै महत्व बोकेको हुन्छ । सबै ‘गरम मसला’ को आफ्नै खालको विशेषता र स्वास्थ्यसम्बन्धी महत्व छ । ‘गरम मसला’ पनि थरीथरीका हुन्छन् ।

‘गरम मसला’ को सुगन्धले भान्सा नै मगमगाउँछ । ‘गरम मसला’ लाई तातो मसलाका रूपमा अथ्र्याउन सकिन्छ । अधिकांश ‘गरम मसला’ ले हाम्रो शरीरलाई न्यानो रहन मद्दत पु¥याउँछ । ‘गरम मसला’ को उत्पत्ति उत्तर भारतबाट भएको इतिहास छ । जहाँ निकै जाडो हुने गर्छ । पछि गएर कुनै न कुनै परिकारमा विश्वमा सबैतिर यो मसला प्रयोगमा आउन थाल्यो । 

शाकाहारी, मांसाहारी सबै परिकारमा ‘गरम मसला’ प्रयोग गर्न सकिन्छ । मासुका परिकारमा त झन् ‘गरम मसला’ हालिएन भने मासु नै खल्लो हुन्छ । चिया या खिर वा मिठाईमा समेत गरम मसला प्रयोग गरिन्छ । ‘गरम मसला’ भारतमा धेरै उत्पादन हुन्छ र विश्व बजारमा पुग्छ । हरेक ‘गरम मसला’ को आ–आफ्नै दरभाउ, स्वाद र सुगन्ध हुन्छ । सबै परिकारमा एकै खालको ‘गरम मसला’ हाल्न पनि मिल्दैन र प्रयोगको मात्रा पनि फरक फरक रहन्छ । 

खसीको मासुको कबाफमा धेरै ‘गरम मसला’ प्रयोग हुन्छ भने कुखुराको मासुमा कम मात्रामा ‘गरम मसला’ प्रयोग गर्दा पनि पुग्छ । कुनै परिकारमा ‘गरम मसला’ को पाउडर हालिन्छ भने कुनैमा सिङ्गै हाल्नुपर्ने हुन्छ । शाकाहारी या मांसाहारी कुनै पनि बिर्यानी बनाउँदा अधिकांश ‘गरम मसला’ हाल्नु पर्दछ । अझ ‘मटन’ बिर्यानी बनाउँदा त झनै ‘गरम मसला’ प्रयोग हुन्छ ।  


‘तन्दुरी चिकन’ बनाउँदा होस् या सेकुवा बनाउँदा थोरै मात्रामा भए पनि ‘गरम मसला’ हालेन भने परिकारको सुगन्धमा धेरै फरक हुने मात्र होइन स्वाद नै अलिनो हुन जान्छ । 

थरीथरीका ‘गरम मसला’ 

बजारमा ‘गरम मसला’ का ‘ब्रान्ड’ थरीथरीका पाइन्छन् । छुट्टाछुट्टै किन्ने या ‘मिक्स’ मा ‘पाउडर’ किन्ने या दानामा सबै खालका किन्न पाइन्छ । ‘गरम मसला’ दर्जनौँ किसिमका हुन्छन् । जिरा, धनिया, सुकाएको अदुवा (सुठो), सुकाएको लसुन, सुकाएको खुर्सानी, मरिच, पिप्ला, सुप, ल्वाङ, सुक्मेल, दालचिनी, अलैँची, जाइपत्री, जाइफल, तेजपात, चुक्रफललगायत सबै ‘गरम मसला’ भित्र पर्दछन् । 

सुकाएर राखिएका यी ‘गरम मसला’ बजारमा किन्न त पाइन्छ तर गुणस्तर थाहा पाउन अलि कठिन हुन्छ । कतिपय ‘गरम मसला’ का दानाको सुगन्ध निकालिएको पनि पाइने गरेको छ । तसर्थ दसैँका लागि ‘गरम मसला’ किन्दा होस् पु¥याउनुपर्ने हुन्छ । 

‘गरम मसला’ को धुलो किन्नुभन्दा दाना किन्नु उत्तम हुन्छ । यदि धुलो प्रयोग गर्ने चलन छ भने आफैँले हल्का तताएर पिस्दा राम्रो हुन्छ ।

स्वाद र सुगन्धका लागि प्रयोग गरिने ‘गरम मसला’ आफँैले बनाए हावा नछिर्ने डब्बामा बिर्को लगाएर राख्नु पर्छ । ‘गरम मसला’ को मिश्रण बनाउँदा सबैको मात्रा मिलाएर बनाउनुपर्ने हुन्छ नत्र परिकारमा यसको सिधै असर पर्छ र स्वाद भिन्न हुन जान्छ । कुन परिकारमा कुन ‘गरम मसला’ कति मात्रामा प्रयोग गर्ने भन्ने पनि ज्ञान हुन जरुरी हुन्छ । सबै मासु वा तरकारीमा एकै खालको ‘गरम मसला’ प्रयोग हुँदैन । 

सामान्यतया ‘गरम मसला’ पिरो खुर्सानी जस्तो त हुँदैन तर हल्का  पिरो, गुलियो र सुगन्धित हुन्छ । यसको काम शरीर न्यानो राख्नु मात्र होइन, जिब्रोमा स्वाद दिनु पनि हो । धुलो ‘गरम मसला’ प्रयोग गर्ने  हो भने परिकार पाक्न लागेको समयमा हाल्नु भयो भने यसको सुगन्ध अझ बढी आउँछ र 

स्वाद पनि बढ्छ । यदि तपाईंले खसीको भुटुवा बनाउँदै हुनुहुन्छ भने सुरुको अवस्थामा ‘गरम मसला’ नहाल्नुस्, पहिले नै मसला हाले एकातिर डढ्ने डर हुन्छ भने अर्कोतिर मासुको परिकारको सुगन्ध र स्वादमा पनि कमी आउँछ ।  

 

Author

आरबी बुढाथोकी