विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ७ गते । झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बेलुकी भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलले सडकको छेउमा रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा परेर गम्भीर घाइते बनेका मोटरसाइकल चालक राउतको उपचारको क्रममा शनिबार राति नै मृत्यु भएको जनाइएको छ ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार स्थानीय २१ वर्षीय निश्चल भुजेल पनि घाइते रहनुभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्काले जानकारी दिनुभएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।