• ६ मंसिर २०८२, शनिबार

नेपाली जनता दल र जनयुग पार्टीबिच एकता

blog

नेपाली जनता दल र जनयुग पार्टी एकता घोषणा सभा ।

काठमाडौँ, मङ्सिर ६ गते । नेपाली जनता दल र जनयुग पार्टीबिच एकता भएको छ । शनिबार नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले संयुक्ति वक्तव्य सार्वजनिक गर्दै एकताको जानकारी गराउनुभएको हो। 

एकतापछि पार्टीको नाम नेपाली जनता दल कायम भएको छ । दलको चुनाव चिह्न ‘सिट्टी’ राख्ने र जनयुगले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता गर्ने जानकारी गराएका छ । 

पार्टीको राष्ट्रिय अध्यक्ष हरिचरण साह र कार्यकारी अध्ष्यष नवराज सुवेदी रहने सहमति भएको छ ।