• ५ जेठ २०८१, शनिबार

पानीसहितको बाह्य ग्रह

blog

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी (नासा) ले पानीसहितको बाह्य ग्रह फेला पारेको छ । पृथ्वीबाट एक सय २० प्रकाशवर्ष टाढा रहेको केटु–१८ बी नामको सो बाह्य ग्रहमा पानी फेला परेकाले त्यहाँ जीवन हुन सक्ने नासाका वैज्ञानिकको अनुमान छ । नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ सङ्केत गर्ने एक रसायनसमेत फेला परेको छ ।

नासाको जेम्स वेब टेलिस्कोपले उक्त ग्रह खोजेको हो । यो बाह्य ग्रह पृथ्वीभन्दा ८.६ गुणा ठूलो छ । यस ग्रहको वातावरणको जाँचका क्रममा मिथेन तथा कार्बन डाइअक्साइडसमेतको प्रभावयुक्त अणुको उपस्थिति पत्ता लागेको छ । जुन विशेष तत्व त्यहाँ पत्ता लागेको छ । त्यो यस पृथ्वीका कम्तीमा प्राणी जगत्ले मात्र उत्पादन गर्दछन् । 

नासाले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार बसोबासयोग्य क्षेत्र भएको उक्त बाह्य ग्रहको वायुमण्डलीय गुणका बारेमा पहिलो जानकारी नासाको हबल स्पेस टेलिस्कोपबाट प्राप्त भएको थियो । बसोबासयोग्य चिसो क्षेत्रसमेत रहेको यो बाह्य ग्रहले केटु–१८ नामक ताराको परिक्रमा गरिरहेको छ ।