मान्छेमाथि पोस्टमार्टम

नेपाली साहित्यको फाँटमा अहिले अत्यन्तै लोकप्रिय रहेको विधा हो– मुक्तक । मुक्तकका बारेमा यहाँ विभिन्न धारणा बनेका/बनाइएका छन् । सामान्यतयाः नामै अनुसार यसलाई कुनै पनि नियमभित्र नबाँधिईकनै ‘मुक्त’ भएर लेखिने विधा भनिन्छ, यद्यपि कविताकै वर्गका रूपमा यसलाई मान्यता दिइएको छ । तर अर्को पक्षको भने एउटा खास मान्यता छ– मुक्तक चतुष्पदीय नियममुताविक चारै पङ्क्तिको महत्वलाई ध्यानमा राखेर लेखिनुपर्छ, जस अन्तर्गत पहिलो पङ्क्तिले कुनै पनि भावलाई प्रस्तुत गरी उत्सुकता जगाउनुपर्छ । दोस्रो पङ्क्तिले उक्त भावलाई अझ गति प्रदान गराउनुपर्छ । यसरी नै तेस्रो पङ्क्तिले वैचारिक निष्कर्ष निकाल्नुपर्छ भने अन्तिम तथा चौथो पङ्क्तिले मुक्तककारको मान्यतालाई तार्किक अभिव्यक्तिका साथ प्रस्तुत गर्नुपर्छ ।