धुप–आघात

इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन् रुसी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । उनलाई यो पुरस्कार १९३३ मा प्रदान गरियो । उनका कथा र उपन्यासमा रुसी ग्रामीण जीवनको चित्रण गरिएको पाइन्छ । उनको निधन ८ नोभेन्बर १९५३ मा पेरिसमा भयो । द मिलेज (१९१०), द जेन्टलमेन फ्रम सनफ्रान्सिस्को (१९२२) द वेल अफ डेज (१९३३) आदि उनका प्रमुख कृति हुन् । धुप आघातलाई समरसेट ममले एउटा उत्कृष्ट कथा मानेका छन् ।