जुँगे
राति अबेर सुतेकाले रमेशलाई निन्द्रा राम्ररी परेन । छटपटी मात्र भइरहन्छ । निदाउन खोज्छ निदाउन सक्तैन । घडी हेर्दा ४ मात्र बजेको । कहिले झ्याल खोलेर हेर्छ त कहिले ओच्छ्यानमा लम्पसार भएर सुत्छ । निदाएको जस्तो पनि लाग्छ उसलाई तर अरूले भनेको कुरा सम्झेर एक्लै बरबराउँछ । फेरि सम्हाल्दै भन्छ, “कसलाई विश्वास गर्ने ? विश्वास गर्नलायकका मान्छे नै कोही रहेनछन् यहाँ । जसलाई विश्वास ग¥यो, लात हानिहाल्ने ।” घडी हेर्छ रमेश । ५ बजिसकेको रहेछ । उठेर ऊ तल जान्छ र ढोकामा टकटक हान्छ । भित्रबाट आवाज आउँछ, “को ? यहाँ कोही पनि छैन । बाहिर गइहाल ।” “म रमेश ।”