इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन् रुसी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । उनलाई यो पुरस्कार १९३३ मा प्रदान गरियो । उनका कथा र उपन्यासमा रुसी ग्रामीण जीवनको चित्रण गरिएको पाइन्छ । उनको निधन ८ नोभेन्बर १९५३ मा पेरिसमा भयो । द मिलेज (१९१०), द जेन्टलमेन फ्रम सनफ्रान्सिस्को (१९२२) द वेल अफ डेज (१९३३) आदि उनका प्रमुख कृति हुन् । धुप आघातलाई समरसेट ममले एउटा उत्कृष्ट कथा मानेका छन् ।
डिनर लिइसकेपछि झलमल्ल उज्यालो भोजन कक्ष छोडेर उनीहरू जहाजको छततिर लागे अनि रेलको छेउमा गएर उभिए । उनले आँखा बन्द गरिन्, हत्केला उल्टो पारेर फैलाइन् । अनि हातले गाला मुसार्दै जोड्ले हाँस्न थालिन् । उनको हाँसो मोहनी लगाउने खालको थियो ती सानी महिलाका हरेक व्यवहार आकर्षक खालका थिए । उनले मुसुक्क हाँस्दै भनिन्, “मलाई त नशा लागिसकेछ नत्र त म पूरै बौलाइसकेकी हुन्थेँ होला । तपाईं कहाँबाट चढ्नु भो, तीन घण्टाअघिसम्म त तपाईं यहीँ हुनुहुन्छ भन्ने मैले थाहै नपाएकी । तपाईं कहाँबाट चढ्नु भो त्यो पनि थाहा छैन मलाई त । सामाराबाट चढेको हो ? भैगो त्यसले केही फरक पार्दैन, प्रिय, साँच्ची, मेरो टाउको त फनफनी घुम्न पो थाल्यो त कि डुङ्गा पल्टिन लाग्यो हँ ?
उनीहरूको अघिल्तिर चुक घोप्ट्याए जस्तो अन्धकार थियो अनि मात्र उज्यालो । यसै अन्धकारबिच चिसो सिरेटोले उनीहरूको अनुहार सेक्यो । यसैबिच उज्यालो उनीहरूकाट व्रmमशः टाढिँदै गयो । सानो बन्दरगाहमा पुग्नासाथ भोल्गाको जीवन्तता जत्तिकै डुङ्गा फनक्क मोडियो ।
लेफ्टिनेन्टले उनको हात समात्यो, आफ्नो ओठसम्म प¥यायो । उनका ती मजबुत एवं साना ती हात घामले डढे जस्तो लाग्यो उसलाई, पातलो कपडाभित्रको उनको शरीरको कल्पना मात्रले ऊ निकै उत्तेजित भयो । कामोत्तेजनाले लेफ्टिनेन्टको शरीर काम्न थाल्यो । उसलाई के महसुस भो भने निःसन्देह नै दक्षिणी समुद्री किनाराको तातो बालुवाले उनको शरीर डढेको हुनुपर्छ । उनले भनेकी थिइन् कि उनी अनापुबाट आएकी हुन् ।
लेफ्टिनेन्टले मसिनो स्वरमा भन्यो । यतै ओर्लिऔँ ... ।
कहाँ ? सानो बन्दरगाहमा ।
किन ?
लेफ्टिनेन्ट चुप लाग्यो । उनले आफ्नो उल्टो हत्केलाले गाला छामिन् । बौलाउनु भो कि क्या हो तपाईं । विन्ती छ छिटो ओर्लिहालाँै न । उसले निरस स्वरमा दोहो¥यायो । “लौ, भैगो जे मन लाग्छ त्यही गर्नुस् ।” यति भन्दै उनी अर्काेतिर फर्किन् ।
स्टिमर मधुरो प्रकाशबिच बन्दरगाहमा जोडले ठोक्किन पुग्यो । ती दुवैजना झन्डै एकअर्कामाथि घोप्टिन पुगे अनि जहाज घुम्न थाल्यो र पानीको सतह कम्पित भो, छालहरू उठे, जहाजको भ¥याङ अनियन्त्रित भो... लेफ्टिनेन्ट आफ्नो सामान लिन हतार हतार दौड्यो ।
यतिबेला उनीहरू त्यो सानो बन्दरगाह हुँदै अघि बढ्दै थिए । यसरी अघि बढ्दै जाँदा उनीहरूका गोलीगाँठा पूरै बालुवामा भासिए, तैपनि अघि बढ्दै थिए र अन्ततः उनीहरू चुपचाप धुलोमैलोयुक्त टाँगामा चढे । ठाडो उकालो धुलाम्य सडको उक्लाइ, टुटेफुटेका अनियमित ल्याम्पपोस्टहरू, एउटा अन्त्यहीन व्रmम जस्तै लाग्थ्यो अन्न्ततः उनीहरू चढेको टाँगा टुप्पोमा पुग्यो । टाँगा ढुङ्गा बिछ्याएको बाटामा खटखट गर्दै अघि बढ्यो । त्यहाँ एउटा चोक थियो, केही प्रशासकीय भवनहरू अनि एउटा घण्टा घर पनि थिए । त्यस प्रादेशिक सहरमा ती दुवैले ग्रीष्मकालीन रातको उष्णता र गन्न्ध महसुस गरे... । उज्यालो प्रवेशद्वार अगाडि पुगेर टाँगा रोकियो । खुला ढोकाबाट भित्र हेर्दा एउटा काठको ठाडो भ¥याङ देखियो ।
झुस्स दाह्री पालेको बैजनी रङको कमिज र फ्रक कोट लगाएको एउटा बुढो नोकरले मन नलागी नलागी उनीहरूको झोला बोक्यो अनि थकित पाइला चाल्दै अघि बढ्यो । दिउँसोको चर्को घामले तातेको गुम्म परेको एउटा ठुलो कोठाभित्र पसे उनीहरू । झ्यालमा सेतो पर्दा लगाइएको थियो । अगेनुमाथिको तख्तामा नबालेको दुई वटा मैनबत्ती राखिएका थिए । कोठाभित्र पसेर नोकरले ढोका बन्द गर्न नपाउँदै लेफ्टिनेन्टले आवेशमा आएर उनलाई अँगालो हाल्यो अनि आनन्दविभोर भएर उनीहरूले एकअर्कालाई यसरी चुम्बन गरे कि त्यो घटना जिन्दगीभरका लागि अविस्मरणीय क्षण रहन गयो । उनीहरू दुवै जनामध्ये कसैले पनि त्यस्तो मज्जा यसअघि कहिल्यै अनुभूत गरेका थिएनन् ।
भोलि पल्ट दस बजेतिरको बिहानी वातारण एकदम उष्ण र घमाइलो भो । चर्चका घण्टी बजिरहेका थिए । होटल अगाडिका बजार वरपर मधुर आवाज सुनिन्थ्यो । पराल र अलकत्राको मिश्रित गन्धले रुसी सहरको विशेषता झलकाउँथ्यो । आफ्नो नाम खुलाउन नचाहने ती केटी जो आफूलाई ठट्टापूर्वक परदेशी भन्न रुचाउँथिन् । लेफ्टिनेन्टलाई छाडिन् अनि आफ्नो यात्रा सुचारु गर्न लगिन् । उनीहरू धेरैबेर सुतेनन् तर ओछ्यान छेउको पर्दा पछाडिबाट बाहिर निस्केर लगभग पाँच मिनेटमै नुहाइ धुवाइ सकिन र लुगा लगाइन् । सत्र वर्षकी तरुनी देखिइन् उनी त्यतिबेला । लज्जित देखिन्थिन् त उनी ? अहँ, एकदमै कम । उनी त पहिले जस्तै सरल हाँसीखुसी एवं विल्कुलै समझदार देखिन्थिन् । हुँदैन प्रिय हुँदैन– सँगसँगै यात्रा जारी राखौँ भन्ने लेफ्टिनेन्टको प्रस्ताव उपर जवाफ दिँदै उनले भनिन् । हुँदैन अर्काे डुङ्गा नआइपुगुन्जेल तपाईं यहीँ बस्नुस् । हामी सँगसँगै हिँड्यौँ भनेँ त सबै बर्बाद हुने छ । म त्यस्तो चाहन्न । कृपया ममाथि विश्वास गर । म त्यस्तो उस्तो आइमाई होइन, जसले तपाईंलाई सोच्न बाध्य बनाओस् । यहाँ जेजस्ता घटना घटे त्यस्तो पहिले पनि घटेको थिएन र भविष्यमा पनि घट्ने छैन । यस्तो लाग्छ कि जसरी घाम र जूनलाई ग्रहणले ढाक्छ त्यसै गरी मेरो बुद्धिमा पनि ग्रहण लाग्यो... अर्थात् अझै छोटकरीमा भन्ने हो भने धुपको आघात जस्तै केही महसुस ग¥यौँ हामी दुवैले ।
लेफ्टिनेन्ट उनको कुरामा हल्का सहमत भो । प्रफुल्ल एवं उत्साहित मुद्रामा उसले टाँगामा हालेर उनलाई बन्दरगाहसम्म पु¥याइदियो । उनीहरू बन्दरगाहमा पुग्दा गुलाबी रङको स्टिमर छुट्नै लागेको रहेछ अनि स्टिमरको छतमा अरू यात्रुको सामु उसले तिनलाई चुम्बन ग¥यो र छुट्नै लागेको स्टिमरको भ¥याङबाट बडो मुस्किलले हामफाल्यो ।
पहिलेको उत्साह उमङ्ग बोकेर लेफ्टिनेन्ट होटेल फक्र्याे । यद्यपि धेरथोर परिवर्तन चाहिँ भएकै थियो । उनीबिनाको कोठा विल्कुलै फरक देखियो । कोठामा जताततै उनै छिन् जस्तो लाग्न थाल्यो लेफ्टिनेन्टलाई । पूरै कोठा उनकै स्मृतिले भरिए जस्तो र पनि कोठा त वास्तवमा रित्तो थियो । कस्तो अचम्म लाग्दो अझै उनले प्रयोग गर्ने गरेको अङ्गे्रजी अत्तरको सुगन्ध फैलिरहेको थियो कोठामा । उनले चिया पिउँदा पिउँदै छोडेको कप अझै किस्तीमै थियो तर उनी त्यहाँ थिइनन् ...अनि लेफ्टिनेन्टको मुटुको धड्कन एक्कासि बढ्न थाल्यो जसले गर्दा उसलाई चुरोट पिउन मन लाग्यो । जुत्तालाई कोर्राले हान्दै ऊ कोठामा घरी यता घरी उता गर्न थाल्यो । कस्तो अचम्म भो । हाँस्दै ठुलो स्वरमा उसले भन्यो यद्यपि उसका आँखामा आँशु छचल्केको उसलाई महसुस भो । कृपया ममाथि विश्वास गर । तिमीलाई सोच्न बाध्य पार्ने खालकी आइमाई होइन म... ती केटीको यो भनाइ उसका कानमा अझै गुन्जिरहेको थियो ।
कस्तो अचम्म खालको आइमाई होला ।
एकापट्टिको पर्दा तानिएको थियो भने ओछ्यान अझै मिलाइएको थिएन, अस्तव्यस्त थियो । ओछ्यानतिर फर्केर हेर्ने आँट आएन उसलाई । बजारको हल्लाखल्ला र गाडाको चुइँचुइँ आवाज सुन्न नपरोस् भनेर उसले पर्दा मिलायो अनि झ्याल पनि वन्द ग¥यो । सेतो पर्दा तानेपछि सोफामा बस्यो । ठिकै छ सञ्जोगले भएको भेट आजदेखि यहीँ अन्त भो हैन त ? आखिर मलाई छोडेर गई । धेरै टाढा छे ऊ निःसन्देह यतिबेला ऊ सिसाको बैठक कोठामा आराम गरिरहेकी होली या त जहाजको छतमा होली । घाममा टल्केको विशाल नदीतिर हेर्दै होली, यताउति गरिरहेका डुङ्गाहरू पहेँलो बलौटे बगरहरू, टाढा कतै क्षितिजमा चम्केको आकाश र पानीको सतह भोल्गा नदीको विस्तृत फैलावट ... ।
अब कसरी फेरि भेट होला र उनीहरूको ?
उसले सोच्यो, अब म कुनै पनि हालतमा उसको लोग्ने बस्ने गरेको सहर, जहाँ उसकी तीन वर्षकी छोरी र उसका अरू परिवारजन बस्छन् अनि स्वयं ऊ आफ्नो दैनिक जीवन बिताउँछे, त्यहाँ जान सक्दिनँ ।
अकस्मात् त्यो सहर उसको अगाडि असामान्य रूपमा देखा प¥यो, एउटा निषेधित सहर, अनि उसले सोच्न थाल्यो कि त्यही सहरमा ऊ एक्लो जीवन विताउँदै होली सायद बारम्बार उसैलाई सम्झिँदै होली अर्थात् त्यही संयोगले जुराएको क्षणिक भेट सम्झिरहेकी होली जोसित अब कहिल्यै भेट हुने छैन । यस्तो सोचाइले उसलाई मर्माहत र निरुत्साहित तुल्यायो । अहँ, यस्तो हुनै सक्दैन । यो विल्कुल वाहियात, अप्राकृतिक र अविश्वसनीय छ । उसलाई आफ्नो बाँकी जिन्दगी अस्तित्वहीन र अर्थहीन लाग्न थाल्यो । भय र निराशाले छ्याप्पै छोप्यो उसलाई ।
छिः कस्तो वाहियात कुरा । यस्तो सोच्दै ऊ जुरुक्क उठ्यो अनि कोठामा ओहोरदोहोर गर्न थाल्यो । पर्दापछाडिको ओछ्यान हेर्नै मन लागिराखेको थिएन उसलाई । हैन यो के हुन लागेको हो मलाई ? पहिलो भेटमै त्यस्तो होला भनेर कसले सोच्न सक्ला र । के गर्दैै होली ऊ यतिखेर ? कस्तो महसुस गरिरहेकी होली त्यसले ? साँच्चिकै एक खालको धुपको आघातभन्दा पनि हुन्छ यसलाई । तर मुख्य कुरो के हो भने यस्तो डरलाग्दो, अनकन्टार ठाउँमा उनीबिना कसरी दिन बिताउने होला र खै ?
उसले तिनलाई तिनी जस्तो थिइन् त्यस्तै रूपमा ताजा ढङ्गले सम्झ्यो । सम्झिने व्रmममा उनको अन्तरङ्ग विशिष्ट गुण पनि सम्झन पुग्यो उसले । घामले डढ्दा उत्पन्न भएको उनको गन्ध एवं तिनको सनपाटबाट बनेको लुगाको बासना, उनको हृष्टपुष्ट शरीर जीवन्त सरल एवं उत्साही स्वर... । भर्खरै उसले भोगेको नारीजन्य सुन्दरताबाट प्राप्त हुने सुखानुभूतिले उसलाई अझै प्रभावित पारिरहेको थियो । अर्काे मुख्य कुरो चाहिँ के थियो भने उसले अनुभव गरेको विल्कुलै नयाँ मनोदशा, त्यो अनौठो, अगम्य मनोदशा, सँगै हुँदा अनुभूत नगरेको मनोदशा यस्तो मनोदशा, उसले अघिल्लो दिन कल्पनासमेत नगरेको जुन अरू कसैलाई भन्न वा सुनाउन पनि चाहँदैन, हो त्यही मुख्य कुरो हो उसले अगाडि सोच्दै गयो, यस्तो कुरो अरूलाई सुनाउन सकला र, अब म के गराँै ? यस्तो सम्झना बोकेर कहिल्यै नबित्ने दिन कसरी काट्न सकिएला र खै, असह्य पीडा सहेर डरलाग्दो यो सानो सहर भोल्गा नदीको उही चम्किलो सतह हुँदै गुलाबी रङको स्टिमरमा उनी मबाट बिदा भएकी थिइन् ।
यस्तो असह्य पीडाबाट मुक्त हुन र मन बहलाउन अन्यत्र कतै जानु आवश्यक भइसकेको थियो लेफ्टिनेन्टलाई । कुनै न कुनै कुरामा व्यस्त राख्न सक्दा मात्रै ऊ आफू सुरक्षित रहन सक्थ्यो । बडो
उमङ्गका साथ उसले टोपी लगायो, छन्द्राङ् छन्द्राङ् आवाज निकाल्दै सुनसान करिडोरतिर फुर्तीसाथ लम्क्यो । त्यसपछि ठाडो सिँढी ओर्लेर मूल गेटमा निस्क्यो । ... कता जाने, कता जाने, ऊ एकछिन अलमल्ल प¥यो । ठिटो ट्याक्सी ड्राइभर चुपचाप चुरोट पिउँदै यात्रुको प्रतीक्षामा बसेको थियो । अचम्मित हुँदै लेफ्टिनेन्टले त्यस ड्राइभरतिर हेरिरह्यो । मस्तसित चुराट तान्दै बेफिक्री कसरी यस्तै सोच्न थाल्यो ड्राइभरका बारेमा । साँच्चै भन्नु पर्दा यो पूरै सहरमा एक्लो र दुःखी त मै मात्र पो रहेछु कि क्या हो ? बजारतर्फ लाग्दै गर्दा उसले सोच्यो । बजार पूरै अस्तव्यस्त थियो । मान्छेहरू तितरबितर भएका थिए । मन नलागी नलागी मलका गाडा कुल्चिँदै, काँक्रा लादेको गाडा माझ नयाँ नयाँ भाडा माँझ वास्तै नगरी ऊ अघि बढ्दै थियो । हातमा भाँडा लिएका महिला भुइँमा बसेका थिए, उसको ध्यानाकृष्ट गर्न तँछाडमछाड गर्दै थिए । आआफ्नो सामान प्रदर्शन गर्दै थिए उनीहरू । यसैबिच एक जना किसानले त उसको कानैमा आएर जोडले चिच्यायो– यो काँक्राे गज्जबको छ, लिनुस् हजुर ।” उसलाई यी सब बेकार लागिरहेको थियो, ऊ त्यहाँबाट अन्यत्रै लाग्यो । त्यसपछि लेफ्टिनेन्ट चर्चभित्र पस्यो जहाँ चर्काे स्वरमा भजन गुन्जिरहेको थियो । श्रद्धालुहरू मस्त र दृढ देखिन्थे, यस्तो लाग्थ्यो मानौँ उनीहरू आआफ्नो कर्तव्यपालन गरिरहेका छन् । त्यसपछि ऊ गल्लीभित्र छि¥यो । चर्को घाममा खलखली पसिना काढ्दै डाँडामा अवस्थित एउटा उपेक्षित सानो बगैँचातिर लाग्यो त्यहाँबाट हेर्दा एउटा चमकदार स्टिल जस्तै एउटा फराकिलो नदी देखिन्थ्यो ।
काँधको छालाको फित्ता र गर्मी याममा लगाउने लुगाको टाँकहरू घामले गर्दा यति जोडले तातेको थिए कि छुनसम्म सकिन्नथ्यो । पसिनाले गर्दा टोपीको भित्री भाग पनि छ्याप्पै भिजेको थियो, अनुहार पनि धपक्कै बल्ला जस्तो भएको थियो गर्मीले... ।
होटल फर्केपछि ठुलो, शान्त र रित्तो भोजन कक्षमा पस्दा उसले ठुलै राहत महसुस ग¥यो, टोपी फुकाल्यो अनि खुला झ्यालसामु राखेको टेबुलमा थ्याच्च बस्यो, जहाँबाट तातो हावाभित्र छिथ्र्याे भने चिसो चिसो बतास पनि चलिरहेको थियो । उसले वनस्पतिको एक कप चिसो सुप मगायो । सबैथोक ठिकठाक थियो । त्यहाँको हरेक चिज सुन्दर लागिरहेको थियो । उसलाई अपरिमेय सुखानुभूति भइरहेको थियो, उसलाई बजारको त्यो दुर्गन्ध र उखरमाउलो गर्मीका बिच पनि । पुरानो होटल र नौलो ठाउँमा उसलाई फरक खालको आनन्दको अनुभव भयो । यही ठाउँमा कोही बेला उसको हृदय छियाछिया भएको थियो । काँव्रmाको अचारसित उसले थुप्रै गिलास भोड्का पियो । ऊ सोच्न थाल्यो, कुनै चमत्कार भइदिए र उनीसित एक दिन मात्रै यही ठाउँमा फर्केर बिताउन पाए पनि भोलि नै ऊबिना हिच्किचाहट मर्न पनि पछि पर्ने छैन । केही गरी भेट भइहाल्यो भने कति गहिरो र अद्भूत प्रेम गर्छु भनेर विश्वास दिलाउने थिएँ त्यति मात्रै होइन, प्रमाणितै गरिदिन्थेँ म...
तर किन प्रमाणित गरेर देखाउनु मैले ? किन विश्वास दिलाउनु ? किनको जवाफ थिएन उसित यद्यपि त्यसमा जीवनमरणको सवाल थियो ।
मेरो स्नायुुहरूले किन मेरो मजाक उडाइरहेका छन् हँ ? पाँचौँ गिलास भोड्का खन्याउँदै गर्दा उसले मनमनै सोच्यो । मातेको सुरमा दुःख र उन्माद सबै बिर्सने आशामा उसले पूरै बोतल रित्यायो । तर त्यो सब व्यर्थ भो, त्यसले त उसको झन् उत्तेजना मात्रै बढायो ।
चिसो सुप पन्छाएर उसले कालो कफी मगायो, चुरोट सल्काउँदै मन बलियो बनाएर अनपेक्षित र अचानक प्रेम प्रसङ्गबाट कसरी मुक्ति पाइएला अर्थात् कसरी भुल्न सकिएला, त्यसउपर सोचविचार गर्न थाल्यो । उसलाई लाग्यो प्रेम प्रसङ्ग भुल्न असम्भव प्रायः छ । ऊ जुरुक्क उठ्यो अनि हतार हतार टोपी र कोर्रा टिप्यो र कसैलाई हुलाक कता पर्ला भनेर सोध्यो, छिटो छिटो निर्देशित दिशातिर लम्क्यो । के टेलिग्राम पठाउने भनेर उसले पहिल्यै सोचिसकेको थियो– अब उप्रान्त मेरो जीवन तिम्र्रै हो नमरुन्जेल तिम्रै इच्छानुसार चल्छु जे गर्नु पर्छ गर । ठुलो पर्खालले घेरेको घरमा पुग्यो, त्यही पर्खालभित्र थियो हुलाक र टेलिग्राफ अफिस । भयभीत भएर ऊ टक्क अडियो, उनी कुन सहरमा बस्छिन् उनको लोग्ने र एउटी तीन वर्षकी छोरी पनि छे भन्ने क्ुरा लेफ्टिनेन्टलाई थाहा थियो तर उसलाई उनको न त नाम थाहा थियो न त थर नै । त्यतिखेरको साँझमा उसले धेरै चोटि उनको नाम थर नसोधेको पनि हैन हुन त ।
म जो भए पनि के फरक पर्छ र तपाईंलाई ? म को हुँ, तपाईंलाई जान्नै पर्छ र ? म मारिया ग्रिन हुँ, अर्थात् परी... अर्थात् सामान्य अर्थमा भन्ने हो भने अपरिचित सुन्दरी... यति नै तपाईंलाई पर्याप्त छैन र ?
हुलाक नजिक एउटा कुनामा फोटैफोेटोकोे सोकेस राखिएको थियो । काँधमा ब्याज लगाएको एउटा सैनिकको ठुलो तस्बिरतिर उसले खुब नियालेर हे¥यो । झट्ट हेर्दा सैनिकको आँखा बल्ढ्याङ्ग्रे र निधार झुकेको देखिन्थ्यो, उसका दाह्री एकदमै आकर्षक र छाती फराकिलो देखिन्थ्यो फोटोमा । उसका छाती तक्मैतक्माले सजिएको थियो । ... ती परिदृृश्यहरू उसका लागि एकदमै सामान्य र हास्यास्पद लागे किनभने ऊ मनमनै परास्त भइसकेको थियो, जुन कुरो उसले यतिखेर आएर बुझेको थियो । त्यसो हुनुमा तीव्र प्रेम, तीव्र खुसी र प्रचण्ड गर्मी नै मुख्य कारक थिए । एकजोडी दुलाहा दुलहीको फोटो नियाल्यो उसले । दुलाहा लामो फ्रक कोट र सेतो नेक टाइमा सजिएको थियो । दुम्सीकाँडे शैलीमा कपाल काटेको । एउटा हात बेहुलीको घुम्टोमाथि राखेको देखिन्थ्यो । त्यसपछि उसको ध्यान विद्यार्र्र्थीको छड्के टोपीमा सजिएकी एउटी सुन्दरीतिर खिचियो । ती सबै अपरिचितलाई उसले ईष्र्याको नजरले हे¥यो । दुःख र पीडा मुक्त ती मानिसहरूलाई देख्दा उसलाई झनै पीडा बोध भो । ऊ एकटकले तल सडकतिर हेर्न थाल्यो ।
म कहाँ जाऊँ ? के गरौँ म ? एउटा जटिल र समाधानविहीन प्रश्नले उसको दिमाग र आत्मालाई चिमोटिरह्यो ।
सडक पूरै निर्जन थियो । प्रायः सबै घरहरू एकैनासका, मध्यम स्तरका सेता दुई तले, ठुला ठुला बगैँचा भएका । यस्तो लाग्थ्यो कुनै पनि घरमा मानिसहरूको बसोवास छैन । बाक्लो सेतो धुलो छारोले सडक छोपिएको थियो । सम्पूर्ण चिज प्रचण्ड गर्मीले गर्दा आँखै तिर्मिराउने खालका थिए । धप्प बल्ला जस्तो रापिलो आनन्दमय र प्रयोजनहीन घामले सबैथोक छ्याप्पै भिजेको देखिन्थे । पर कतै टाढा गोरुको जुरो जस्तो देखिने ठाडो बाटो सफा, बादलहीन खैरो रङको क्षितिजसित जोडिएको थियो हल्का गुलावी रङमा परावर्तित हुँदै ।
त्यो दृश्यले उसलाई सेबास्तोपोल कर्च अनापु जस्ता दक्षिणी भेगको स्मरण गरायो । पछिल्लो स्थान अर्थात् अनापुको सम्झनाले उसलाई असह्य पीडा दियो । प्रचण्ड गर्मी घोसेमुन्टो लगाउँदै आँखा झिमझिम पार्दै एकटकले भुइँमा हे¥यो ।
यताउति घुम्यो अनि पुनः पहिलेकै ठाउँमा फक्र्योे ।
थकाइले लखतरान भएर ऊ होटल फक्र्यो यस्तो लाग्थ्यो मानौँ तुर्किस्तान वा सहाराको लामो यात्रा तय गरेको होस् । बचेखुचेको ताकत जुटाउँदै ऊ आफ्नो ठुलो निर्जन कोठामा पस्यो । कोठा पहिल्यै सफा गरिसकिएको थियो । उनको अन्तिम पाइला छापहरू मेटाइएको थियोे । ओछ्यान छेउको सानो टेबुलमा उनले बिर्सेर गएको एउटा हेयरपिन थियो । ज्याकेट फुकालेर उसले आफ्नो अनुहार ऐनामा हे¥यो । ऐनामा उसले घामले डढेर कालो भएको एउटा अधिकृतको सामान्य अनुहार देख्यो । नीला नीला फुस्रा आँखा, फुङ्ग उडेको जुँगा ऐनामा देखिएको उसको अनुहारमा एक प्रकारको पागलपन र अवसाद झल्किन्थ्यो । पातलो सेतो सर्टको उठेको कलरमा उसले असीमित करुणभाव र युवा जोश देख्यो । ऊ ओछ्यानमा उत्तानो परेर पल्ट्यो । धुलो र छारो लागेको जुत्ता फुट्बोर्डमा अड्यायो । झ्यालहरू खुलै थिए, पर्दा तानिएको थियो । बेलाबेलामा हावाले हल्लाउँथ्यो तातेको छानाले गन्ध बाफ उखरमाउलो गर्मी, बिल्कुल निर्जन शान्त उदास र जनशून्य र चम्किलो भोल्गा नदीको वातावरणसमेत हावाको झोकासितै कोठाभित्र छिथ्र्यो । हातमाथि टाउको अड्याएर ऊ एकोहोरो आकाशतर्फ हेर्नथाल्यो । सुदूर दक्षिणी भेगको एउटा धमिलो चित्र उसको दिमागमा आयो । त्यहाँको सूर्य समुद्र अनापु, ती सबै वास्तवमै साहै्र सुन्दर र मनमोहक थिए । यस्तो लाग्थ्यो कि मानौँ उनी त्यही सहरमा गएकी छिन् र फेरि फर्केर त्यही सहरमा आएकी छिन् । अरू सहरभन्दा विल्कुल फरक लाग्यो त्यो सहर । ती सबै कुरा सम्झेर ल्याउँदा उसका आँखामा आँशु छचल्कियो अन्ततः ऊ भुसुक्कै निदायो । आँखा खोली हेर्दा पर्दाको चेपबाट साँझ पखको डुब्न लागेको रातो घाम देख्यो उसले । हावा चल्न छोडिसकेको थियो । कोठा सुख्खा र गुम्म थियो । हावाले चल्ने भट्टी जस्तै तातो । ...अनि सूक्ष्म रूपले हिजो र आज बिहानका घटना सम्झिल्याउँदा दस वर्षअघिको जस्तो लाग्न थाल्यो उसलाई ।
ऊ नहतारिईकन उठ्यो, मुख धोयो : त्यसपछि अलिकति पर्दा सा-यो, घण्टी थिचेर नोकरलाई बोलायो अनि सामोभार र बिल ल्याउन भन्यो । निकैबेरसम्म कागती हालेको चिया पिइबस्यो ।
त्यसपछि उसले एउटा ट्याक्सी बोलायो । आफ्नो सारा सामान बाहिर निकाल्यो, डढेको थोत्रो रातो सिटमा बस्दै गर्दा उसले नोकरलाई पूरै पाँच रुपियाँको बकस दियो ।
“हिजो मैले नै तपाईंलाई यहाँ ल्याएर छोडेजस्तो लाग्छ साहेब”, ड्राइभरले प्रसन्न हुँदै भन्यो ।
उनीहरू बन्दरगाहमा पुग्दा भोल्गा नदीमाथिको ग्रीष्मकालीन साँझ निकै छिप्पिसकेको थियो । बहुरङ्गी प्रकाश छरिएको देखिन्थ्यो नदीमा । कतैबाट आउँदै गरेको जहाजको मस्तुल उज्यालोमा ढाकेको देखिन्थ्यो ।
ड्राइभरले उसको मन जित्न खोज्दै भन्यो, “बेलैमा ल्याइदिएको छु मैले यहाँ तपाईंलाई ।”
लेफ्टिनेन्टले उसलाई पनि पाँच रुपियाँ हातमा राखिदियो अनि हातमा टिकट लिएर बन्दरगाहतिर लाग्यो ...हिजो जस्तै उसले आज पनि पानी जहाज बाँध्ने डोरीको मधुरो आवाज सुन्यो । पैतालामुनिको जमिन हल्लिए जस्तो भो उसलाई । त्यसपछि लठ्ठा र जहाजको पाङ्ग्रामुनि पानीको तेज कम हुँदै गएको आवाजको महसुस भो उसलाई । यात्रुले खचाखच भरिएको झलमल्ल उज्यालो देखिने स्टिमर र भान्साबाट आएको मिठो बास्नाले उसलाई नै स्वागत गरे झैँ भान हुन्थ्यो ।
अलिबेरपछि स्टिमर जुन नदी हुँदै तैरिँदै थियो, आज बिहान तिनलाई पनि त्यही दिशातर्फ लिएर गएको थियो स्टिमरले ।
केही बेरअघि ग्रीष्मकालीन सूर्यास्त तीव्र गतिमा ढल्दै थियो । निराशायुक्त, फिक्का परिवर्तनशील उक्त सूर्यास्त नदीमा परावर्तित हुँदै थियो । सूर्यास्त हुँदै गर्दा अलि पर मधुरो प्रकाशमा हल्का तरङ्गहरू पैदा भइरहेका थिए । स्टिमर वरिपरिको उज्यालो चाहिँ क्रमशः घट्दै गइरहेको थियो । लेफ्टिनेन्टलाई पालमुनिको सिटमा बस्दै गर्दा एकै दिनमा दस वर्ष बितेको महसुस भयो ।