गोरखाका शाह वंशीय राजाहरूको राज्य सञ्चालन तथा एकीरणमा अर्याल वंशको ठुलो योगदान रहिआएको छ । गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहको दरबारका गुरु पं. नारायणदास अर्यालले द्रव्य शाहलाई राजा बनाउनमा ठुलो भूूमिका खेलेका थिए । विसं १६१६ सालमा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरेका थिए । द्रव्य शाहलाई राज्यगढीमा बसाउन पं. नारायण दास अर्यालले खेलेको भूमिका नेपालको इतिहासमा उल्लेख छ ।
इतिहासमा उल्लेख भए अनुसार नारायण दास अर्याल गोसाईंकुण्डको दर्शन गर्ने उद्देश्यले यात्रा गर्ने व्रmममा लमजुङ आइपुगे । त्यहाँ लमजुङ राजाका पण्डित गणेश पाण्डेसँग सम्पर्क भएपछि तिनीहरूबिच आपसी सल्लाह भई त्यहाँका राजा यशोब्रह्म शाहका कान्छा छोरा राजकुमार द्रव्य शाहलाई गोरखा ल्याई राजगद्दीमा बसाले । त्यसपछि तीन सय वर्षसम्म अर्यालहरूले गोरखा दरबारमा राजपुरोहितका काम गरे । यस अर्याल वंशमा धेरै विद्वान् ज्योतिषी र कविहरू पैदा भए । त्यही व्रmममा गोरखा दरबारका भलो गर्ने छ थरहरूमा एक घर अज्र्याल अर्यालहरू थिए ।
वंशावली अनुसार अर्यालहरूमा धवलु अज्र्याल, जयभद्र अज्र्याल, वाचस्पति अज्र्याल, सत्यघर अज्र्याल, शारडघर अज्र्याल चव्रmमणि अज्र्याल, वैøयाकरण केशरी अज्र्याल, न्यायकेसरी अज्र्याल, दैवज्ञकेशरी अज्र्याल, लक्ष्मीनारायण अज्र्याल शक्तिबल्लभ अज्र्याल राधाबल्लभ अज्र्याल ललिताबल्लभ अज्र्याल र मोक्षेश्वर अज्र्याललाई अज्र्याल परम्पराका विशिष्ट विद्वान् भनी गणना गरिन्छ । महाकवि उदयानन्दको वैशाली खोज्दा माथिका प्रथम व्यक्तित्व घवलु अज्र्यालमा नै फर्कउन पर्दछ । धवलु अज्र्यालका छोरा जयभद्र र जयभद्रका छोरा परशुराम तथा उनका माहिला छोरा धरणीधर भए । धरणीधरका भाइ इन्द्रमणि भए । इन्द्रमणिका छोरा वीरेश्वर भए । वीरेश्वरका छोरा विशेश्वर र उनका छोरा महाकवि उदयानन्द अज्र्याल भए । (ज्ञानमणि नेपाल लेखक पृथ्वीन्द्रोदय महाकाव्य ।)
वंशावलीमा वीरेश्वर अज्र्यालले आदि वंशजको बारेमा यसरी वर्णन
गर्नुभएको छ–
वीरेश्वर त सुपात्र पुत्र उनका पुत्रै त उन्का तहाँ
श्री विश्वेवर नाम चौदिश विषे पुरा त ज्योतिष महाँ
मर्जिले त किरात राज्य ति गया हिन्दु पतिको जहाँ
जुग्ती बुद्धि लगाई अम्बल भयो यस्ता अरु छन् कहाँ
राजालाई रिझाई कौशिक निकट विर्ता मधेशमा मिल्यो
उन दिन् देषि मधेश बीच सभको वास वैरवा थियो ।
उनका पुत्र त एक मात्र उदयानन्दै भनी आज छन् ।
पण्डित ज्योतिषी बेस कवी पनि वडा कामले अमिन भन्दछन् । महाकवि उदयानन्द अर्यालको जन्मस्थानका बारेमा विवाद गरेका छन् । तर ज्ञानमणि नेपालद्वारा सम्पादित पृथ्वीन्द्रोदय महाकाव्यमा लेखिए अनुसार उनको जन्म वि.सं. १८१२ र निधन विसं. १८९४ भएको थियो । तर उनका पिता वीरेश्वर अज्र्याललाई गोरखाका राजा पृथ्वीनारायण शाहले पूर्वी क्षेत्रको चौदण्डी राज्यको स्थिति बुझ्न पठाइएको थियो । यो घटना सन् १७७२–७३ ई. मा भन्दा अघिको कुरा हो । किनभने त्यही साल पृथ्वीनारायण शाहका सेनापति रामकृष्ण कुँवरको नेतृत्वमा चौदण्डी (उदयपुर) र सप्तरी विजय गरिसकेको थियो । यसरी चौदण्डीमा उदायानन्दका पिता पृथ्वीनारायण शाहले विजयी गर्नु भन्दा केही वर्षअघि नै आएर बसेका थिए । उनी साधुको भेषमा आएर चौदण्डीका राजा मुकुन्द सेनले आश्रय दिए ।
उनको ज्योतिज्ञानबाट प्रभावित भई राजा मुकुन्द सेन (द्वितीय) ले आफ्नो राज्यको अधीन पर्ने सप्तरी जिल्लाको वैरवा गाउँमा ९१७ बिघा, हथिनामा १० बिघा गरी जम्मा ९२७ बिघा जग्गा बिर्ता स्वरूप प्रदान गरे । त्यसपछि उदयानन्द अर्यालका पिता विशेश्वर अर्याल बैरवामा घर बनाई बसोबास गर्न थालियो र त्यही विस १८१२ मा (सन् १७५५ ई.) मा महाकवि उदयानन्द अर्यालको जन्म भएको थियो । यसरी सन् १७७२ ई. मा चौदण्डी (उदयपुर) पृथ्वी नारायण शाहले विजय गरेपछि ३ वर्षपछि मात्र उनको जन्म भएको देखिन्छ । यसबाट प्रष्ट देखिन्छ कि महाकविजीको जन्म सप्तरीको बैरवामा भएको थियो । यसरी जन्म स्थानको बारेमा विवाद रहेन ।
महाकविका साहित्यिक रचनाहरूमा पृथ्वीन्द्रोदय, सोमेश्वर वर्णन, बेताल पच्चीसी र अज्र्याल वंशावलीहरू रहेका छन् । तर सबभन्दा महìवपूर्ण रचना पृथ्वीन्द्रोदयलाई मानिन्छ । यस महाकाव्यमा पृथ्वीनारायण शाहको गौरव गाथाको वर्णन गरिएको छ । राजा पृथ्वीनारायण शाहद्वारा गरिएका विवाह, काशीयात्रा, वितदान, मकवानपुरसँगको पत्राचार, नुवाकोट विजय, मकवानपुरसँगको युद्ध, ससुरा हेमकर्णको काशीबास मुस्लिम बादशाह र अङ्ग्रेजको उत्कर्षको विषयमा वर्णन गरिएको छ भने भक्तपुर आगमन, हिन्दु स्थानको खबर, गोरखाका न्यायप्रियता, पाटनको वस्तुस्थिति, कान्तिपुरको वस्तुस्थिति, तीन सहरको अवस्था इत्यादि छन् ।
यस महाकाव्यका महìवपूर्ण पक्ष पृथ्वीनारायण शाहको सेनाले इस्ट इन्डिया कम्पनी तथा बङ्गालमा शासन गर्ने नबाब मरी कासिमसित युद्धको राम्ररी वर्णन गरिएको छ । पृथ्वीनारायण शाहको कीर्तिपुरको दहचोक, बालाजु मसाई, उपत्यकामाथि घेराबन्दी गर्ने व्रmममा कूटनीतिक सफलता जस्ता कुराको चित्रण गरिएको छ ।
यस महाकाव्यमा नेपाली भाषाका साथै अरबी, फारसी, हिन्दी, नेवारी र संस्कृतको प्रयोग गरिएको छ । तलको पद्यमा हिन्दी, फारसी, अरबी र नेपाली मिश्रित छ–
बाहाखातिर फलिसेर करके आया फउज गाफिली,
मादा हो रहि जफत होगइ गरम ज्यादा त हावा पाडी
पाहा (म) देछ कि मालुमी बनी बड़े छोडो मकानपुर भली
जाबो फेर होगि भनियो लेख्यो जवान बिच पढी
संस्कृत पद्म –
“हा कष्ट ललिता लवकलतिका दावाग्निना दह्यते” ।
महाकवि उदयानन्द संस्कृतका विद्वान् थिए । नेपाली र संस्कृतको गहिरो सम्बन्ध हनु र नेपाली मातृभाषासमेत भएका कारण उनलाई नेपालीमा लेख्न कुनै कठिनाइ थिएन । साथै उनी परराष्ट्र मामिलाका जानिफकार भएका कारण तत्कालीन भारतमा प्रचलित उर्दु अरबी, फारसी र हिन्दी भाषामा पोख्त थिए । उनी तत्कालीन जैसी कोठा– हालको परराष्ट्र मन्त्रालयमा जागिर खाएर उपत्यकामा बसेका कारण नेवारी भाषाका पनि जानिफकार थिए ।
उनले नेपाली साहित्यमा पहिलो पटक महाकाव्यको रचना गरे । त्यसैले महाकविको सम्मान पाएका छन् । उनीद्वारा लेखिएका निम्न कृतिहरू छन् । १९१ वंश वृत्तान्त, (२) पुरानी बातको अर्जी, (३) बेताल पच्चीसी (खण्डकाव्य), (४) पृथ्वीन्द्रोदय (महाकाव्य), (५) सोमेश्वर विजय वर्णन, (६) कुल वर्णनका साथै फुटकर कविता पनि छन् । तर कृतिमध्ये पृथ्वीन्द्रोदय महाकाव्य धेरै नै महìवपूर्ण छ । यस महाकाव्यमा पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएको नेपाललाई एकीकरण गरी विशाल राष्ट्र निर्माण गर्ने प्रयास तथा राष्ट्रभित्र शान्ति सुव्यवस्था कायम गरी जनतालाई सुखसुविधा दिने कुरालाई यस महाकाव्यमा वर्णन गरिएको छ ।
यो महाकाव्य शृङ्गार रस, हास्यरस, करुण रस, रौद्र रस, वीर रस, भयानक रस, बीभत्स रस, अद्भूत रस र शान्त रसले भरिएको छ ।
महाकविको सामाजिक सेवा
साहित्य र संस्कृतका साथै ज्योतिष एवं तान्त्रिक विद्यामा पनि उनी निपुण थिए । चिना हेरेर फलादेश बताउन सक्ने र कुनै विपत्ति आइपरेमा तान्त्रिक विद्याद्वारा ग्रहशान्ति गर्ने उपायसमेत बताउँथे ।
उनले आफू जन्मिएको बैरवा, सप्तरीमा लक्ष्मीनारायणको मूर्ति स्थापना गरी आफ्नी विधवा बुहारीको सान्त्वानाका लागि उक्त मन्दिरमा पूजाआजा गराएर मन शान्त राख्ने प्रयास गरेका थिए । उक्त मन्दिर हालसम्म बैरवामा छ । महाकविले अमिनको जागिर पनि खाएको कुरा उनको जीवनीबाट देखिन्छ विसं १८८७ मा राजा राजेन्द्र विव्रmम शाहबाट अमिनको दर्जा दिएको कुरा लालमोहरबाट देखिन्छ ।
उनले सन् १९७० मा कङ्कालनी माईको पूजा गर्न एउटा छुट्टै गुठी जग्गा प्रदान गरी स्थायी रूपमा पूजाको व्यवस्था बसाले । यसरी महाकवि उदयानन्द अर्याल सप्तरीमा जन्मेर नेपाली साहित्य र राज्यनीतिमा ठुलो योगदान दिएका छन् । सप्तरीबासीका लागि यो गौरवको कुरा हो । उनी जन्मेको गाउँ बैरवामा उनको स्मृतिमा गरिएका कार्यव्रmमले नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको छ । यसका लागि उहाँका सन्ततिहरू बधाईका पात्र छन् ।