नेपाली निबन्धको साढे दुई सय वर्षको परम्परामा साहित्यका अन्य विधा जस्तो आत्मपरक निबन्धको इतिहास भने त्यति लामो रहेको देखिँदैन । त्यसमा पनि आत्मपरक निबन्धमा भने स्रष्टाहरूको उपस्थिति कमै देखिएको छ भने अर्कातर्फ आत्मपरक निबन्ध लेख्नु चुनौतीपूर्ण काम पनि हो । आत्मपरक निबन्ध भनेको आफूले आफैँलाई पढ्नु हो । यसभित्र निजात्मकता र वैयक्तिकता हुन्छ र यसमा आफूलाई नढाँटीकन आफ्ना विचार, चिन्तन, अनुभूति र दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । सम्पादन क्षेत्रमा समेत आफ्नो विशिष्ट पहिचान बनाइसकेका श्रीओम श्रेष्ठ रोदनको सम्पादनमा प्रकाशित ‘समकालीन नेपाली निबन्ध’ (२०७९) नेपाली निबन्धको इतिहासमै पहिलो आत्मपरक निबन्ध सङ्ग्रह हो । २०४० को दशकदेखि निबन्ध लेखन परम्परामा सव्रिmय श्रीओमद्वारा सम्पादित यो कृति ऐतिहासिक महìवको रहेको छ । यस सङ्ग्रहभित्र जीवित निबन्धकारका ४५ वटा आत्मपरक निबन्धहरू सङ्ग्रहित रहेका छन् । जीवन र जगत्प्रतिको दृष्टिकोण, वैयक्तिक जीवनका अनुभूतिहरू, राजनीतिक, सामाजिक परिदृश्यको सूक्ष्म निरीक्षण, कलात्मक मूल्य, लालित्यपूर्ण एवं काव्यात्मक भाषाशैलीको प्रयोग, सूक्तिमयता आदि यी समकालीन निबन्धमा पाइने विशेषता रहेका छन् । सरल सुबोध्य भाषाले यो सङ्ग्रहभित्रका निबन्धलाई अझ बढी आस्वादनीय बनाएका छन् । यी निबन्ध जीवन र जगत्लाई हेर्ने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्न सक्षम रहेका छन् ।
नेपाली निबन्धमा सामूहिक सङ्कलन–सम्पादनको परम्परा
साढे दुई सय वर्षको इतिहास बोकेको निबन्ध परम्परामा सामूहिक सङ्कलन र सम्पादनको परम्परा भने ईश्वर बरालको ‘सयपत्री’ (२०१३) निबन्ध सङ्ग्रहबाट थालनी भएको पाइन्छ । उनले प्रारम्भ गरेको सङ्कलन र सम्पादन परम्परालाई अगाडि बढाउने काम भैरव अर्यालको ‘साझा निबन्ध’ (२०२५), रामलाल अधिकारीको ‘नेपाली निबन्ध यात्रा’ (२०३२), चूडामणि बन्धुको ‘साझा निबन्ध’ (२०३५), नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०३८ मा प्रकाशित ‘पच्चिस वर्षको नेपाली निबन्ध’ आदिले गरेका छन् । नेपाली निबन्ध परम्परामा २०५५ मा रमेश विकलको संयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठानले महेन्द्रनगरमा आयोजना गरेको निबन्ध गोष्ठीबाहेक आत्मपरक निबन्धका क्षेत्रमा खासै काम नभएको अवस्थामा चेतना संरक्षण प्रतिष्ठानबाट २०७८ सालमा आत्मपरक निबन्धहरूको विशेषाङ्क प्रकाशन गरेको पाइन्छ । आत्मपरक निबन्ध परम्परामा ऐतिहासिक महìव रहेको यस सङ्कलन सम्पादन कार्यले छरिएका स्रष्टा र सिर्जनाले निश्चित आधार प्राप्त गरेका छन् ।
समकालीन नेपाली निबन्ध कृतिगत परिचय र आयाम
पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ बाट प्रारम्भ भएको नेपाली निबन्ध परम्परामा १९९१ मा ऋद्धिबहादुर मल्लले सम्पादन गरेको ‘शारदा’ पत्रिकाको प्रकाशनसँगै आधुनिककाल आरम्भ भएको हो । यसरी झन्डै नौ दशकको समयावधि पार गरेको आधुनिक नेपाली निबन्धको जगमा आत्मपरक निबन्ध सङ्ख्यात्मक दृष्टिले कान्छो मानिएको छ । यसै आत्मपरक निबन्धको परम्परालाई अगाडि बढाउने काम समकालीन नेपाली निबन्ध परम्परामा स्थापित श्रीओम श्रेष्ठ ‘रोदन’ को योगदान महìवपूर्ण रहेको छ । नेपाली निबन्धको इतिहासमा पहिलो आत्मपरक निबन्धका रूपमा रहेको यस कृतिको गुणात्मक र मूल्यका दृष्टिले ऐतिहासिक महìवको रहेको छ । यस निबन्ध सङ्ग्रहभित्र जीवित निबन्धकारका आत्मपरक निबन्धहरू सङ्ग्रहित रहेका छन् । ‘समकालीन नेपाली निबन्ध’ नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्धको जगमा नौलो आयाम बोकेको पहिलो मझौला आकारको कृति हो ।
समकालीन नेपाली निबन्धभित्रका निबन्धमा आत्मपरकता
आत्मपरक भनेको निजात्मकता हो र यस्ता निबन्धमा निबन्धकारका आत्मप्रकटीकरण भएको हुन्छ । आत्मपरक निबन्धहरू प्रथमपुरुष शैली वा दृष्टिबिन्दुमा लेखिएका हुन्छन् । यस्ता आत्मपरक निबन्धहरूमा पनि निजात्मकता, वैयक्तिकता, वैचारिकता, संस्मरणात्मकता, अनुभूतिको प्रकटीकरण भावना र कल्पनाको अभिव्यक्ति रहेको हुन्छ । ‘समकालीन नेपाली निबन्ध’ सङ्ग्रहभित्रका निबन्धमा भिन्नभिन्न विषयसन्दर्भ जीवनदर्शनका पृथक्पृथक् दृष्टिकोण नै बिम्ब बनेर आएका छन् । यसमा निबन्धकारका आफ्ना जीवनानुभूतिका व्रmममा गरेका अनुभव नितान्त नवीन बनेर पाठकमाझ प्रस्तुत गरिएका हुन्छन् । निबन्धकारले जीवनमा भोग्नुपरेका वास्तविकताको उद्घाटन निबन्धमा गरिएको हुन्छ । ‘समकालीन नेपाली निबन्ध’ मा निबन्धकारका आफ्ना निजी अनुभूति आआफ्ना निबन्धका माध्यमबाट प्रकट भएका छन् । यसको पुष्टि तलका उदाहरणबाट गर्न सकिन्छ स्
अक्षरलाई निरन्तर राख्ने व्रत लिइरहूँ रहूँ लाग्छ । उपासना मार्गमा पाइला चालिरहूँ रहूँका उत्कण्ठा जागिरहन्छ । किन्तु, यी अभौतिक तìवमयी चिन्तन चेतमा बेलाबखत यिनै भौतिक देह आक्रान्त भइदिँदा मेरा चेत अकर्मण्य स्थल बन्छ पुग्छ । अभौतिक पारमार्थिक चिन्तन तìव मैबाट टाढिदिँदा मेरा पाइलाहरू लरखरिन पुग्छन् । अकर्मण्य बन्छ कर्मशील चिन्तन चेत ढलमलिँदा । कल्पनाको कल्पनाशीलता होइनन् यी । हुन् भने केही बरू अनुभूतिगम्य आफ्नै भोगाइका भोगवाणी मात्र !
तेजेश्वरबाबु ग्वंग
(अक्षर र अक्षता, पृ. ३)
प्रस्तुत निबन्धांशमा अक्षरब्रह्म साधकका लागि प्राणवायु जत्तिकै भएकाले यसबाट मानसिक सन्तुष्टि मिल्दछ भन्ने दार्शनिक चिन्तन प्रस्तुत भएको पाइन्छ । निबन्धकार आफू अक्षरका साधक भएको हुँदा निरन्तर अक्षरसाधनाको उपासना गर्न चाहेको विचार यहाँ व्यक्त भएको छ । यस अंशमा ननासिने वा क्षीण नहुने अर्थमा ब्रह्म नै अक्षर हो र ॐ नै अक्षरब्रह्म हो जसको उपासनाबाट निर्गुण, निराकार परमब्रह्मको उपासना हुनेहुँदा अनादि, अनन्त, स्वयं प्रकाशानन्द ॐकारद्वारा ब्रह्मको स्वरूपको बोध भए जस्तै साधकका लागि अक्षर साधनाको निरन्तर यात्रालाई पूर्ण बनाउँछ भन्ने अक्षरब्रह्मसम्बन्धी दृष्टिकोण अभिव्यक्त भएको छ ।
‘समकालीन नेपाली निबन्ध’ भित्रका निबन्धमा निबन्धकारले आफ्ना निजी विचार र भावनालाई अत्यन्त स्पष्ट रूपमा मुखरित गरेका छन् । निबन्धमा लेखकले नितान्त वैयक्तिक जीवनका निजी भोगाइलाई कथाकारले कथा भोगे झैँ प्रकट गरेका छन् । यसको पुष्टि तलको निबन्धांशबाट गर्न सकिन्छ :
आफ्नो लय सुन्न र बुझ्न सबैभन्दा पहिले देखिने आँखा बन्द गर्नुपर्छ । यो कुनै ठुलो कुरा होइन । देखिने आँखा बन्द गरेर नदेखिने आँखा बन्द गर्न सक्नुपर्छ । सकेसम्म गहिरो गरेर आफूलाई खनेपछि हेर्नुपर्छ भित्र, भित्रसम्म । देखिने मात्र होइन नदेखिने ठाउँसम्म । त्यसपछि बल्ल देखिने छन्, पत्रैपत्र बनेर बसेका माया, मोह, लोभ, अहङ्कारहरू । ती सबै पत्रहरूलाई पुस्तक झैँ पल्टाउँदै पल्टाउँदै पढ्न सकियो भने मात्र देखिने छ आफैँले आफूलाई । अनि मनाउन सकिनेछ । जीवनका उत्सवहरू र सुनिने छन् जीवनका बजिरहने प्रिय सङ्गीत ।
श्रीओम श्रेष्ठ ‘रोदन’
(कहाँ देख्नु आफैँलाई , पृ. १२१)
प्रस्तुत निबन्धांशमा मान्छेले आफूले आफैँलाई पहिचान गर्न नसकेको दार्शनिक चिन्तन प्रस्तुत भएको छ । कुनै पनि कुराको गहिराइ बुझ्न बाहिरी र भित्री चक्षु बन्द गर्नुपर्दछ अर्थात् आत्माबोध गर्नुपर्दछ भन्ने कुरालाई यहाँ देखाइएको छ । उद्धृतांशमा माया, मोह, लोभ र अहङ्कारका पत्रपत्र केलाउन सकियो भने सांसारिक बन्धनबाट छुट्कारा पाउन सकिन्छ भन्दै यो नै मोक्षप्रद अवस्था हो भन्ने बन्धन र मोक्षसम्बन्धी चिन्तन देखाइएको छ । मान्छेभित्र अन्तर्निहित भौतिकताको जालोलाई रहस्यमयी पुस्तकका पत्रपत्र पल्टाएर केलाउन सकियो भने मात्र मान्छेले आफूले आफूलाई पहिचान गर्न सक्छ र यो भौतिक संसारको जन्जालबाट मुक्तितर्फको यात्रा अर्थात् मोक्ष प्राप्त हुन्छ भन्दै मोक्ष प्राप्त हुनु भनेको आत्मा वा ब्रह्मŒवको पहिचान हुनु हो भन्ने दार्शनिक चिन्तनलाई प्रस्तुत अंशले स्पष्ट पारेको देखिन्छ । यहाँ मान्छे मोक्षावस्थामा पुग्दा जीवन उत्सव र सङ्गीतमय हुनेछ भन्ने निबन्धकारका वैयक्तिक चिन्तन अभिव्यक्त भएको छ । यस ‘समकालीन नेपाली निबन्ध’मा निबन्धकारका आफूमाथिका निजी चिन्तन एवं अनुभूति आआफ्ना निबन्धमार्फत प्रकट भएका छन् । यसको पुष्टि तलको उदाहरणबाट गर्न सकिन्छ :
म पाइरहेछु–तिमी–पुस्तकमा एउटा असामान्य पृथक् चरित्रको कथा ! तिम्रो यही पृथकता र असामान्यता प्रिय लाग्छ मलाई ! रहस्यमयता लोभ लाग्छ मलाई ! तिमीभित्रका लाखौँ पृष्ठहरू पढ्न फेरि आँखा बन्द गर्छु ! एउटा ध्यानस्थ दशामा छु म । ध्यान, ध्याता र ध्येयको एकाकारता हुन सकेन भने कहाँ पाइन्छ र चरम आनन्द ! ध्यान र प्रेम उस्तै लाग्छ मलाई ! म ध्याता र तिमी ध्येय ! आऊ यो तिनै तìवलाई एकै ठाउँमा समाहित गरौँ । म अहिले तिमी अर्थात् पुस्तकमा ध्यानस्थ छु ।
लक्ष्मणप्रसाद गौतम
(पुस्तकमा ध्यानस्थ छु म, पृ. १३३)
प्रस्तुत निबन्धांशमा मान्छेलाई बुझ्नु भनेको पुस्तकका अनुभूतिका पृष्ठहरू पढ्नु हो, जुन ब्रह्मजत्तिकै रहस्यमयी छन् भन्ने दार्शनिक दृष्टिकोण प्रस्तुत भएको पाइन्छ । अव्याख्येय, अनिर्वचनीय ब्रह्मलाई जान्न र बुझ्न नसकिने हुँदा पुस्तकको भित्री पृष्ठको रहस्य बुझ्नु जत्तिकै कठिन भएको निबन्धकारको धारणा प्रकट भएको पाइन्छ । यस निबन्धांशमा रहस्य सदैव गर्भभित्र रहेसम्म ब्रह्म वा आत्माको पृथक् पहिचान वा कौतूहल समाप्त हुँदैन अर्थात् पुस्तकको रहस्योद्घाटन भएमा सम्पूर्ण जिज्ञासाको अन्त्य हुन्छ जुन कुरा आफूले नचाहेको धारणा प्रकट भएको छ ।
आत्मपरक निबन्धमा गम्भीर विषयलाई लिएर लेखिएका हुन्छन् र भावना र कल्पनाको न्यून प्रयोग गरिएको हुन्छ । ‘समकालीन नेपाली निबन्ध’ मा निबन्धकारले आफ्ना निजी विचार र अनुभूतिलाई भावना र कल्पनाको माध्यमबाट निबन्धमा प्रस्तुत गरेका छन् । यहाँ निबन्धकारका जीवन र जगत्प्रतिको आफ्नो छुट्टै दृष्टिकोण प्रस्तुत भएको छ । ‘समकालीन नेपाली निबन्ध’ निबन्धकारका आआफ्ना निजी अनुभूति मुखरित भएका छन् । यसमा नितान्त वैयक्तिक वा निजी अनुभूतिलाई नितान्त नवीन ढङ्गले पाठकहरूमाझ पस्कन सफल रहेका छन् । निबन्धकारले जीवनमा भोग्नुपरेका वास्तविकताको उद्घाटन यहाँ भएको छ । यसको पुष्टि तलका उदाहरणबाट समेत गर्न सकिन्छ ः
मेरो प्रतिरूप ! तिम्रो यति प्रिय आगमनले मलाई यस्तो सङ्कटमा उभ्यायो कि मैले आफ्ना विकल्पमा आएका दुई बाटामध्ये एकलाई रोज्नुपथ्र्यो । कि त म बाहिरी संसारबाट टाढा रहेर तिम्रो शैशवकालीन जीवनमा नै समाहित हुनुपथ्र्यो या त तिमीलाई कसैको जिम्मामा छाडेर सांसारिक भागदौड, प्रतिस्पर्धा र बाह्य क्रियाकलापमा नै व्यस्त हुनुपथ्र्यो । पहिलो रोज्दा म सिङ्गो र पूर्ण मानिस हुन सक्दैन थिएँ । म त केवल एउटी निरीह आमा अनि महिला तथा बालबालिकाकै श्रेणीमा राखिएकी एउटी कमजोर नारी मात्र बन्न सक्थेँ तर मलाई आमा र मानिस दुवै बन्नुथियो । म निरीह र पिलन्धरे आमा होइन सङ्घर्षशील र सबल आमा बन्न चाहन्थेँ तिमीले गर्व गर्नलायक आमा बन्न चाहन्थेँ । त्यसैले त मैले तिमीलाई आफ्नो सर्वस्व दिएर पनि पर्याप्त समय दिन सकिनँ ।
ज्ञानु अधिकारी
(के म सफल आमा बन्न सकेँ ?, पृ. २०७)
प्रस्तुत निबन्धांशमा सृष्टिकी मूल आमाले सन्तानका लागि पर्याप्त समय दिन नसक्ने वर्तमानका आमाहरूको यथार्थ पीडालाई देखाइएको छ । स्नेह र ममतामयी आमाका लागि आफ्नो सन्तान प्रिय हुँदाहुँदै पनि अनेकौँ जिम्मेवारीका कारण दोहोरो चरित्र निर्वाह गर्न विवश भएको र पर्याप्त समय दिन नसकेको निबन्धकारका पीडानुभूतिलाई यहाँ प्रस्तुत गरिएको छ ।
निष्कर्ष
नेपाली साहित्यको कान्छो विधा र साढे दुई सय वर्षको इतिहास बोकेको नेपाली निबन्ध परम्परामा आत्मपरक निबन्धको इतिहास भने त्यति लामो देखिएको छैन । यस सङ्ग्रहभित्रका निबन्धहरूमा निबन्धकारका आआफ्नै वैचारिक चिन्तनअनुरूप निजात्मकता, वैयक्तिकता, वैचारिकता, संस्मरणात्मकता, स्मृतिबिम्बको प्रयोग, भावात्मक, अनुभूतिको प्रकटीकरण, भाषाशैलीगत वैशिष्ठ्यता अभिव्यक्त भएका छन् ।
कतिपय निबन्धहरू खँदिला र जटिला खालका छन्, कतिपय उच्च कलात्मक मूल्य रहेका छन् भने कतिपय अपेक्षाकृत कम खँदिला खालका देखिएका छन् । यसमा ‘अक्षर र अक्षता’, ‘केन्द्र र परिधि’, ‘कहाँ देख्नु आफैँलाई’, ‘पुस्तकमा ध्यानस्थ छु म’, ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ ‘के म सफल आमा बन्न सकेँ ?’ आदि निबन्धहरू उच्च कलात्मक मूल्यका रहेका छन् । त्यसै गरी ‘दार्शनिक जिज्ञासा’, ‘सहयात्रीको डायरी’, ‘ऊ मेरो अमूक प्रेमी’, ‘डुब्न लागेको घामसँगै उदाउने लामिछाने’ लगायतका निबन्ध उच्च–मध्यमस्तरका रहेका छन् । ‘समकालीन नेपाली निबन्ध’ भित्रका निबन्धहरूमा निबन्धकारका आफ्ना आत्मप्रकटीकरणका कारण अनुभूति पक्ष तीव्र र शैलीगत विविधता रहेको पाइन्छ । विषयगत विविधताका कारण अन्तर्वस्तु र प्रस्तुतिले निबन्धको इतिहासमा परिवर्तन ल्याइदिएको छ ।