टाक्सिएका छैनन् हाम्रा कविता
‘रूप’ र ‘सार’ ! यी दार्शनिक शब्दावलीमाथि घागडान बहस गर्नेमा सायद कविहरू नै छन्– ‘फ्रन्ट लाइन’मा । त्यसमा पनि झन् ‘प्रगतिशील कवि’हरू । एक दशकअघिको स्मृतिमा पसिहेर्दा, मैले एक कार्यक्रममा कवितामाथि टिप्पणी उठाएको थिएँ, ‘१० जना प्रगतिशील कविका कविता नाम छोपेर पढे कसको हो छुट्याउन हम्मे हुन्छ ।’ बोलेको त्यत्ति मात्रै हो । तर ‘फ्रन्ट लाइन’का एक हुल ‘प्रगतिशील कवि’हरूले पाखुरा सुर्किए । ती भुनभुनाइरहे मेरो वरिपरि, झिँगाझैँ ।