• ४ वैशाख २०८१, मङ्गलबार

गजल

blog

बुद्धझैँ शान्त भई बस्छु भन्ने थियो 

छेउमै पड्किने बन्दुके भैदियो


बदलिए खुद स्वयं, युद्ध हाँक्नेहरू 

युद्धले खै कहाँ कुन मुलुक बदलियो ?


छैन मतलब कुनै, भन्छ यौटा कुनै 

खाएको के थियो ? गर्छ मेरै चियो 


छेउको हो भनी गर्नु हेला र के ? 

माझमा पुग्छ नै, छेउकै  त्यै सियो 


फूलकै वासना चाहना गर्दछन् 

झारले पातले कुन्नि के सम्झियो ?