तिमीबिना शून्य लाग्ने त्यो रातलाई सम्झिएँ
प्रेमिल संसारमा गरेका त्यो बातलाई सम्झिएँ ।
हरेक यादमा आई सपनीमा छाउँछौ तिमी
कसम खाई समाएका त्यो हातलाई सम्झिएँ ।
जोडिएका सम्बन्ध टुट्दा गाह्रो हुन्छ बिर्सनलाई
विछोड हुँदा दुख्ने मुटु त्यो घातलाई सम्झिएँ ।
बिहानीको चिसो सिरेटोले मनभित्र छुँदा
तिम्रो प्यारो माया अनि न्यानो त्यो साथलाई सम्झिएँ ।
तुम्बेवा–५, पाँचथर